गुरुकुलमा तीज बिशेष कार्यक्रम : चर्चित गायिका देबी बस्नेतको गीतमा झुमे दर्शक



गुरुकुलमा तीज बिशेष कार्यक्रम : चर्चित गायिका देबी बस्नेतको गीतमा झुमे दर्शक

घोराही १५ भदाै । गुरुकुल एकेडेमीले तिज विशेष कार्यक्रम गरेको छ । घोराही, तुलसीपुर र लमहीमा रहेको गुरुकुल एकेडेमीमा आज शनिबार एक साथ तीज बिशेष तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको प्रागंनमा एक औपचारीक कार्यक्रमको साथ करिव १ हजार ५ सय महिलाहरुको सहभागितामा तीज बिशेष तथा दर खाने कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बिद्यालयका महिला अभिभावक, कर्मचारी र पत्रकार लगायत अन्य क्षेत्रमा आवद्ध महिलाहरुको मात्र सहभागिताकम कार्यक्रम भव्यताका साथ समपन्न भएको हो । गुरुकुल एकेडेमीले हरेक बर्ष यसैगरी कार्यक्रमको आयोजना गर्दै आएकाे छ । कार्यक्रम बोल्ने बक्ताहरुले हिन्दु नेपाली नारीहरुको महानचार्ड हरीतालिका तीजको अवसरमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै पर्व मनाउँदा भड्किलो तथा खर्चिलो नभई आफ्नो गक्ष अनुसार मनाउनुपर्ने बताउनु भएकाे थियाे ।

साथै बक्ताहरुले  नेपालीहरुको पर्व हर्सोल्लासका साथै आपसि माया र सद्भाव सहित मनाउनुपर्नेमा जोड दिनु भएकाे थियाे । बक्ताहरुले गुरुकुल एकेडमीले सम्पूर्ण महिलाहरुलाई एकै ठाँउमा जम्मा गरी तीजको अवसरमा शुभकामना आदान-प्रदान गर्ने मौका जुराइ दिएकोमा उपस्थित अभिभावकहरुले धन्यबाद समेत प्रदान गरेका थिए भने यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने पनि बताएका थिए । तीज विशेष कार्यक्रम संगै उपस्थित महिलाहरुले दर संगै नाच गान गरी मनोरञ्जन लिएका थिए ।

कार्यक्रममा विद्यालयका शिक्षिकाहरुले नृत्य समेत प्रस्तुत गरेका थिए भने चर्चित गायिका देबीकुमारी बस्नेतले आफ्नो बेजोड प्रस्तुति राख्नुभएको थियो । गायिका बस्नेतले नाच्ने रहर लगाएतका गित गाउनु भएको थियो भने उपस्थीत दर्शक तथा अभिभावक छमछम नाचेका थिए । बिद्यालयका अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरे सहितको पुरुषहरुको समुहले दर तयार गरी महिलाहरुलाई भोजन गराएको थियो ।

विद्यालयकि लेखा प्रमुख गोमा गौतमको अध्यक्षतामा तथा मन्टेस्वरी संयोजक लोचना पौडेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षिका रेशु राउतले गर्नुभएको थियो । यस्तै गुरुकुल एकेडेमी तुलसीपुरमा विद्यालयकी प्रशासन प्रमुख सुस्मा आचार्यको अध्यक्षता तथा उप-मेयर स्यानी चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण शिक्षिका श्रृजना बोहोराले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे