गुरुकुल एकेडेमी लमहीद्धारा तीज विशेष कार्यक्रम सम्पन्न



गुरुकुल एकेडेमी लमहीद्धारा तीज विशेष कार्यक्रम सम्पन्न

सिसहनियाँ १५ भदौ । दाङ-देउखुरीको लमही नगरपालिका-६, देउपुर स्थित गुरूकुल एकेडेमीले हिन्दू नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम स्कूल परिसरमा सम्पन्न गरेको छ । एकेडेमीका शेयर सदस्य कमला भट्टराईको अध्यक्षतामा एवम्  लमही नगरपालिका उपमेयर लक्ष्मी योगीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे ।

साे अवसरमा बाेल्दै उपमेयर योगीले पहिलेकाे भन्दा अहिले महिलाले धेरै नै अधिकार पाएकाे बताउँदै पाएकाे हक र अधिकारलाई सही तरिकाले उपयाेग गर्न आगह गर्नु भएकाे थियाे । उहाँले अब महिलालाई देश कै नेतृत्व गर्ने अबसर पुरुष दाजुभाईले दिनुपर्ने बताउनुभयाे । उपमेयर योगीले महिलाकाे नेतृत्वमा चलाएका कुनैपनि स‌ंघस‌ंस्था वा कार्यालय असफल नभएकाे उदाहरण दि‌दै महिलाहरु इमान्दार भएकै कारण अब देश कै नेतृत्व महिलाले गर्ने अवस्था आएकाे बताउनुभयाे ।

शिक्षिका सुनिता शर्माकाे स्वागत मन्तब्यबाट शुरु भएकाे कार्यक्रममा स्कूल स‌याेजक एलिसा शर्माले स्कूलकाे गतिबिधि सहित स्कूलले तीज पर्व मनाउनुकाे कारणबारे जानकारी गराउनु भएकाे थियाे । कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष चुमा आचार्य, रेडियाे हाइबेकी सम्पादक लिला शाह, देउखुरी टुडे डटकमकी प्रबन्धक पम्फा गाैचन र  देउखुरी टुडेकी समाचारदाता निशाकुमारी चाैधरी, लमही नगरपालिका स्वास्थ्य शाखाको रेश्मा थापा, महिला विकास शाखा कार्यालयका समीक्षा सुवेदी, पञ्चिकरण शाखाबाट शोभा पण्डित लगायत विभिन्न संघ शाखाका सदस्य, प्रतिनिधि महिलाहरु अतिथीहरुको बिशेष उपस्थिती रहेकाे थियाे ।

साे अवसरमा शिक्षिका, विद्यार्थी र कलाकारहरुले मौलिक तीज गीत गराउनुका साथै  नाचगान समेत गरिएकाे थियाे भने दर समेत खुवाएकाे थियाे। कार्यक्रममा विशेष रूपमा महिलालाई लक्षित गरी महिलाको मात्र सहभागिता गराइएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे