तीज पर्व सँग पारिवारिक, सामाजिक तथा साँस्कृतिक सम्बन्ध जोडिएको छ : उपसभामुख खाँड



तीज पर्व सँग पारिवारिक, सामाजिक तथा साँस्कृतिक सम्बन्ध जोडिएको छ : उपसभामुख खाँड

भालुवाङ १३ भदौ । लुम्बिनी प्रदेश सभाकी उपसभामुख मेनुका खाँड केसीले तीज पर्व सँग पारिवारिक, सामाजिक तथा साँस्कृतिक सम्बन्ध जोडिएको बताएकी छिन् ।

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय तथा राजयोग प्रशिक्षण केन्द नेपाल्र शाखा पाखापानीले बिहिवार आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्दै सो कुरा बताएकी हुन् । उपसभामुख खाँडले तीजलाई महान् पर्वको रूपमा लिएकोले शारीरिक, मानसिक विकास सँगै धार्मिक, साँस्कृतिक महत्व रहेको बताएकी छिन् । उनले पहिलाका तीजका गितहरूमा चेलीका कथा व्यथा तथा वेदना पोखिने गरिन्थ्यो तर अहिले तीज विकृतिको रूपमा मौलाउँदै गएको प्रति चिन्ता प्रकट गरेकी छिन् । उनले पार्वतीको कठोर तपस्या पछि पार्वतीले शिव पाएको वर्णन गर्दै छोराछोरी, परिवारको सुख शान्तिका लागि व्रत बस्ने पर्वलाई अहिलेको पिठीले बिर्सिदै गएको बताइन् ।

तीज आफैमा पारिवारिक, सामाजिक, साँस्कृतिक सँग सम्बन्ध जोडिएको पर्वमा पछिल्लो समयमा बजारमा आएका गितमा विकृति देखिएको र पारिवार सँग बसेर हेर्न नसकिने बताइन् । गीतमा आएका विकृति विसंगतिलाई मेटाउन तथा ठुला ठुला होटल, पाटी प्यालेसमा हुने तीजको अन्त्य गर्न जरूरी रहेको बताउँदै तीजलाई भड्किलो तरिकाले नमनाउन उनले सुझाव दिएकी छिन् । त्यस्तै उनले अध्यात्मिक भन्दा भौतिकवादी चिन्तन जनप्रतिनिधिमा भएको प्रति चिन्ता प्रकट गर्दै उनले जनप्रतिनिधिमा आध्यात्मिक चिन्तन तथा अनुशासन भएमा मात्र देश सम्वृद्विको बाटोमा जाने बताइन् ।

नेतामा अनुशासन र अध्यात्मिक चिन्तन नभए सम्म देशले गति लिन नसक्ने बताइन्।  देशमा भएको विकृति, विसंगति, भ्रष्टाचार बढ्नुको कारण भौतिकवादी चिन्तन भएको बताउँदै अब अध्यात्मिक चिन्तन लिएर अगाडि बढ्न उनले जनप्रतिनिधिहरुलाई सुझाव समेत दिएकी छिन् । देशका नेतृत्व गर्ने जनप्रतिनिधिमा शारीरिक, मानसिक र आत्यात्मिक चिन्तन अहिलेको परिवेशमा हुन आवश्यक रहेको बताइन् । साथै उनले तीजमा व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न पनि महिला दिदीबहिनीहरुलाई सुझाव दिएकी छिन् ।

त्यस्तै राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीले धर्मलाई मान्ने हो भने विकृति अन्त्य हुने बताएकी छिन् । समाजलाई विकृतिबाट कसरी नियन्त्रण गर्ने भन्ने चिन्ता प्रकट गर्दै उपाध्यक्ष चौधरीले ठिक र बेठीक छुट्याउन नसक्दा विकृति बढेको बताइन् । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यलय तथा राजयोग प्रशिक्षण केन्द्र नेपाल क्षेत्रिय कार्यालय तुलसीपुर राप्ती क्षेत्रका प्रमुख बालब्रह्माचारिणी राजयोगिनी गीता दिदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

ब्रह्माकुमारीय ईश्वरीय विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र अन्तर्गत सेवा केन्द्र पाखापानीका प्रमुख ब्रह्माकुमारी यमुना दिदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा लुम्बिनी प्रदेश कृषि, भुमि तथा सहकारी मन्त्रालयकी सचिव डा. नम्रता सिंह, स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक एवं प्रवक्ता नोदनारायण चौधरी, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता, हिमालय टेलिभिजनका प्रतिनिधि सन्तोष कुमार गुप्ता, पत्रकार मोतीराम भट्टराई लगायतको सहभागीता रहेको थियो तीजको भाखाका नाचगान गर्नुका साथै दर समेत खुवाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे