कर मुक्त प्रदेश बनाउन सरकारलाई वन महासंघका केन्द्रिय अध्यक्ष भण्डारीको आग्रह



कर मुक्त प्रदेश बनाउन सरकारलाई वन महासंघका केन्द्रिय अध्यक्ष भण्डारीको आग्रह

भालुवाङ ५ भदौ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वनलाई कर मुक्त बनाउन आग्रह गर्नु भएको छ । उहाँले त्यसको शुरुवात लुम्बिनी प्रदेशबाट गर्न सरकारलाई सुझाब दिनुभयो । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशको आयोजना आज बुधबार देखि राजधानीस्थल दाङ—देउखुरी भालुवाङमा शुरु भएको वनमा आधारित उद्यम र पर्यावरणमैत्री पर्यटन विकास बिषयक कार्यशाला गोष्ठीको उद्धाटन कार्यक्रममा बाेल्दै केन्द्रीय अध्यक्ष भण्डारीले गर्दै यस्तो बताउनु भएको हो ।

उहाँले सामुदायिक वन कुनै सहकारी, बैंक, बित्तिय संस्था र निजी कम्पनी नभई सामाजिक संस्था भएकोले स्पष्ट पार्दै सामुदायिक वनको आम्दानी सामाजिक विकासमा खर्च गरेको उदाहरण दिनुभयो । उहाँले सामुदायिक वनले गरेको विकास प्रदेश र स्थानीय सरकारको विकास भएको समेत बनाउनु भयो । अध्यक्ष भण्डारीले वन महासंघ देश कै ठुलो नागरिक संस्था भएको बताउँदै उहाँले देशमा लोकतन्त्र स्थापना देखि व्यवस्था परिवर्तनमा वन महासंघको ठुलो भूमिका रहेको चर्चा समेत गर्नुभयो ।

उहाँले सामुदायिक वनका बिषयमा नेताहरूले अहिले बाेली फेर्न थालेकाे खुलासा समेत गर्नुभयाे । हिजाे देशमा गणतन्त्र ल्याउने देखि गाउँ ठाउँकाे विकास गर्दा सामुदायिक वनका हकहितमा बाेल्ने नेताहरूले अहिले भने बाेली फेरेकाे आराेप समेत लगाउनुभयाे । अध्यक्ष भण्डारीले अहिले सामुदायिक वन उपभोक्ता समूहहरू तेहराे करकाे मार रहेकाे भन्दै सरकारलाई तत्काल कर हटाउन माग समेत गर्नुभयाे । यदि सरकारले कर नहटाए आफूहरूले पनि कुनै हालतमा सरकारलाई कर नबुझाउने चेतावनी समेत दिनु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे