लुम्बिनी प्रदेशसभाः आज बस्ने चौथो अधिवेशनको २७ औं बैठकमा के हुदैछ ?



लुम्बिनी प्रदेशसभाः आज बस्ने चौथो अधिवेशनको २७ औं बैठकमा के हुदैछ ?

दाङ ६ भदाै । लुम्बिनी प्रदेश सभा चौथो अधिवेसनको २७ औं बैठक आज बिहिवार दिउँसो २ बजे बस्दैछ । बैठकबाट स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र त्याे प्रस्तावलाइ निर्णयार्थ पेश गर्ने तयारी छ ।

मुख्यमन्त्री चेत नारायण आचार्यले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची तय भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । यस्तै बैठकमा मुख्यमन्त्री आचार्यले प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ मुख्यमन्त्रीले आचार्यले दिने कार्यसूची प्रकाशित गरिएको छ । अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठबाटले औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित प्रदेश कानूनलाई संशोधन र एकीकरण गर्न बनेको प्रतिवेदन सहितको विधेयक सभामा पेश गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे