लुम्बिनीमा नागरिक उन्मुक्तिकाे दल नेतामा राजकुमार चाैधरी



लुम्बिनीमा नागरिक उन्मुक्तिकाे दल नेतामा राजकुमार चाैधरी

भालुवाङ ८ साउन । लुम्बिनीमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलकाे नेतामा प्रदेशसभा सदस्य राजकुमार चाैधरी चयन गरिएकाे छ । बहुमत सदस्य सांसदकाे साेमवार बसेकाे बैठकले संसदीय दलका नेता धर्मबहादुर चाैधरीलाई हटाएर राजकुमार चाैधरीलाई दल नेता बनाउने निर्णय गरिएको नागरिक उन्मुक्ति पार्टी स्राेतले जनाएकाे छ

साथै संसदीय दल नेताकाे राजकुमार चाैधरीलाई ताेकिएकाे जानकारी संसद सचिवालयमा समेत गराइएको छ । राजकुमार यस अघि प्रमुख सचेतक थिए । अहिले प्रमुख सचेतकमा नरमायाँ ढकाललाई चयन गरिएको छ । ढकाल सचेक रहनु भएकाे थियाे ।

अहिले साे पार्टीकाे सचेतकमा निर्मलादेवी थारुलाई चयन गरिएको छ । लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका चार जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे