लुम्बिनीमा कांग्रेसले पनि मन्त्री बन्नेको नाम टुंग्यायो : दाङका प्रचण्डविक्रम न्यौपाने मन्त्री बन्दै



लुम्बिनीमा कांग्रेसले पनि मन्त्री बन्नेको नाम टुंग्यायो : दाङका प्रचण्डविक्रम न्यौपाने मन्त्री बन्दै

देउखुरी ८ साउन । लुम्बिनीमा नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरुको पनि टुंगो लागेको छ ।

कांग्रेसबाट ५ जना मन्त्री बन्दै छन् । कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी निकट स्रोतका अनुसार कांग्रेसबाट प्रमुख सचेतक बर्दियाका जन्मजय तिमिल्सिना, गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा, दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मी मन्त्री बन्ने भएका हुन् । कांग्रेसबाट मन्त्री बन्न लागेका प्यूठानका थापा बाहेक सबै नयाँ अनुहार हुन् । थापा यसअघि उद्योग तथा यातायात व्यवस्थामन्त्री बनेका थिए । मन्त्री बन्नेहरु तिमिल्सिना बर्दिया निर्वाचन क्षेत्र २ (१), कार्की गुल्मी १ (२), थापा प्यूठान १ (२) न्यौपाने दाङ २ (२) कुर्मी बाँके ३ (२) बाट निर्वाचित हुन् ।

प्रमुख सचेतक तिमिल्सिनाको नेतृत्वमा कांग्रेस सरकारमा जान लागेको हो । मन्त्रालयको संख्या टुंगो लागे पनि मन्त्रालय टुंगो लाग्न बाँकी रहेकाले बुधबार सबै मन्त्रीको बिनाविभागीय मन्त्रीमा शपथग्रहण हुने सम्भावना रहेको मुख्यमन्त्री चेतनारायण आचार्यले बताए । मुख्ममन्त्री सहित मन्त्रीहरुको बुधबार बिहान साढे ८ बजेट बुटवलस्थित प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयमा शपथग्रहण कार्यक्रम राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे