लुम्बिनीमा एमालेले टुंग्यायो ४ मन्त्री : भाेली विहान सपथग्रहण



लुम्बिनीमा एमालेले टुंग्यायो ४ मन्त्री : भाेली विहान सपथग्रहण

देउखुरी ८ साउन । नेकपा एमालेले लुम्बिनी प्रदेशका चार मन्त्रीको नाम टुंगो लगाएको छ । एमालेले आफ्नो भागमा परेका ४ मन्त्रीमा २ पुराना र २ नयाँ अनुहार पठाउने भएको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यका अनुसार रूपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु र दाङकी सीता शर्मा चौधरी मन्त्री बन्ने भएका हुन् । मन्त्री हुनेहरु ढकाल रूपन्देही ५(१), पन्थी गुल्मी २(२), सारु पाल्पा १(२) र शर्मा समानुपातिकबाट निर्वाचित हुन् । ढकाल यस अघिको मन्त्रिपरिषद्‌मा खानेपानी तथा सहरी विकास र पन्थी आन्तरिक मामिला तथा कानुनमन्त्री थिए ।

बुधबार मुख्यमन्त्रीमा आचार्य र अन्य सबै मन्त्रीहरुले बिनाविभागीय जिम्मेवारीमा शपथग्रहण गर्ने छन् । प्रदेश प्रमुख अमिक शेरचनको बुटवल स्थित कार्यालयले बिहान साढे ८ बजे शपथ कार्यक्रम राखेको जनाएको छ । १२ मन्त्रालय रहेको लुम्बिनीमा भागबन्डामा एमालेले मुख्यमन्त्री सहित ५ र कांग्रेसले ५ मन्त्रालय लिने सहमति छ । बाँकी २ मन्त्रालय साना दलका लागि राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे