दाङकाे घाेराहीमा शहिद गुम्रा थारुको ६४ औं स्मृती दिवस मनाइदै



दाङकाे घाेराहीमा शहिद गुम्रा थारुको ६४ औं स्मृती दिवस मनाइदै

दाङ ५ साउन । दाङकाे घाेराहीमा शहिद गुम्रा थारुको ६४ औं स्मृती दिवस एक औपचारिक कार्यक्रम गरेर मनाइने भएको छ । अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश कमिटी र शाहिद गुम्रा थारू स्मृति कृषि अनुसन्धान केन्द्र लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा शाहिद गुम्रा थारू र लुम्बिनी प्रदेशमा कृषि विकासको अवस्था सम्वभाना चुनौती तथा अवसर विषयक विचार गोष्ठी आयोजना गर्न थालिएको हो ।

साउन ६ गते आइतबार बिहान ११ बजे होटल माछापुच्छ्रे घोराहीमा विचार गोष्टीको आयोजना गरिएको गुम्रा थारु स्मृति कृषि अनुसन्धान केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष आरती पौडेलले जानकारी दिइन् । कार्यक्रममा सहभागी हुन अखिल नेपाल किसान महासंघको लुम्बिनी प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रिय पदाधिकारी, स्थाई कमिटी सदस्य, केन्द्रिय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश कमिटिका सदस्य, घटक संघका संयोजक तथा सदस्य, जिल्ला कमिटिका अध्यक्ष लगायत सबैमा अपिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे