आज राती लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना



आज राती लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना

काठमाण्डौ ५ साउन । आज राति देशका केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ । विशेष गरेर लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कंडेलले जानकारी दिए ।

यस्तै सबैजसो प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि उनले जानकारी दिए । तर देशैभर एकैपटक ठूलो झरी पर्ने सम्भावना भने एक दुई दिनको लागि छैन । पछिल्लो तीन घण्टामा मकवानपुरगढी, भक्तपुरको नगरकोट, चितवनको देवघाट, दोलखाको जिरी, पूर्वी नवलपरासीको डण्डा, दैलेख, कास्की, म्याग्दी, प्यूठान लगायतका जिल्लामा ठूलो पानी परेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे