लमहीका वडा कार्यालयहरुबाट सेवा नपाएको गुनासो प्रति नागरिक समाजको ध्यानाकर्षण



लमहीका वडा कार्यालयहरुबाट सेवा नपाएको गुनासो प्रति नागरिक समाजको ध्यानाकर्षण

लमही ४ साउन ।  लमही नगरपालिकाका वडा कार्यालयहरुबाट जनताहरुले सेवा नपाएको गुनासो प्रति नागरिक समाज देउखुरीको गम्भीर ध्यानाकर्षण भएकाे छ ।

समाजका संयोजक प्रकाशकुमार खनाल र सचिव बालमुकुण्द आचार्यले शुक्रवार एक प्रेस विज्ञप्ती जारी गरि नगरपालिकाकाे ध्यानाकर्षण गराएका छन् ।  लमही नगरपालिकाको आ.व. २०८१÷०८२ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम अनुसार वजेट कार्यान्वयनको सन्दर्भमा आर्थीक ऐन माथी छलफल हुँदा मत बाजेको कारण पारित हुन नसकेको सुन्नमा आएको विज्ञप्तीमा भनिएकाे छ ।

सेवाग्राहीहरु नगरपालिकाका वडाहरुमा सेवा नपाएको गुनासो लिएर आएकोप्र ति नागररिक समाज देउखुरीको गम्भीर ध्यानाकर्षण भएको  जनाएकाे छ । अतः नयाँ आर्थीक वर्षको शुरुवातमा स्थानीय सरकारबाट सेवा रोकिदा राष्ट्रिय अर्थतन्त्रमा समेत असर पर्नुको साथै सेवाग्राही व्यावसायिहरुमा नैराष्यता सिर्जना भएको जनाएकाे छ । यो सम्वेदनशिल समयको समस्यालाई लमही नगरकार्यपालिका बोर्ड, परिषद सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत, स्थानीय राजनेताहरु, नागरिक समाज र अन्य विज्ञ व्यक्तित्वहरु बीच संयुक्त छलफल गरी यथासिघ्र निकास दिनुहुन लमही नगरपालिका बोर्डलाई नागरिक समाजले अपिल समेत गरेकाे छ। यस सम्बन्धमा नागरिक समाज देउखुरी आवश्यक सहयोग गर्न तयार रहेको समेत अनुरोध गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे