जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था भालुवाङ शाखाद्वारा फलफूलका बिरुवा वितरण



जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था भालुवाङ शाखाद्वारा फलफूलका बिरुवा वितरण

भालुवाङ २५ असार । दाङमा एक लघु वित्त वित्तीय संस्थाले आफ्ना सदस्यहरूलाई  निशुल्क रूपमा फलफूलको बिरुवा वितरण गरेको छ ।

दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालयको समन्वयमा सो फलफूलका बिरुवा वितरण गरिएको हो । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोक ९ पोखरा र अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी (मेटलाइफ) को संयुक्त आयोजनामा शाखाले १ सय जना सदस्यहरुलाई निशुल्क रुपमा  फलफूलको विरुवा वितरण गरेको छ । घर आँगनमै निशुल्क विरुवा उपहार पाउँदा सदस्यहरु समेत खुसी भएका छन् । फलफूलका विरुवा बाहिर किन्दा मंहगो शुल्क तिरेर किन्नु पथ्र्यो तर संस्थाले घर आँगनमै ल्याएर निशुल्क विरुवा दिदा उनीहरूलाई धेरै राहत भएको छ ।  बचत गर्ने र ऋण लिने काम मात्र नभई संस्थाले महिला दिदीबहिनीहरूलाई कृषिको माध्यमबाट सक्षम बनाउन आँप र कागतीको बिरुवा उपहार दिएको राप्ती जाल्पा सामुदायिक लघु वित्त वित्तीय संस्था केन्द्र नं. ५३ का केन्द्रका प्रमुख निर्मला चाैधरी र सदस्य टिकारानी चाैधरीले बताइन् ।

 

 

संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत महिलाहरुलाई फलफुल खेतीमा प्रोत्साहन गर्न गराउन मंगलबार गढवा गाउँपालिकाको वडा नम्बर २ र राप्ती गाउँपालिकाको वडा नम्बर ३ मा गठित केन्द्रका १ सय जना सदस्यहरुलाई राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीयामा एक कार्यक्रमको आयोजना गरि आँप र कागती प्रजातीका २ सय विरुवा प्रति सदस्य २/ २ वटाका दरले निशुल्क रुपमा वितरण गरेको शाखा प्रवन्धक पार्वतीले बताइन् ।

 

सो विरुवा देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ताको  हातबाट वितरण गरेर शुभारम्भ गरिएको थियो । बिरुवा वितरण कार्यक्रममा  संस्थाकी शाखा प्रवन्धक पार्वती गिरी, सहायक कर्मचारी संगिता पोख्रेल, मतिराम रखालको उपस्थितिमा वितरण गरिएको थियोे ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे