विपदबाट हुने क्षती कम गर्न पुर्व तयारीलाई प्राथमिकता दिन आवश्यक छ



विपदबाट हुने क्षती कम गर्न पुर्व तयारीलाई प्राथमिकता दिन आवश्यक छ

भालुवाङ २५ असार । विपद जोखिम न्युनीकरणका लागि  लुम्बिनी प्रदेश स्तरिय स्थानीय अगुवाइमा पुर्व अनुमानित कार्यको  स्थानीकरण अवधारणा र यसको प्रभावकारिताको बिषयमा छलफल भएको छ ।

नेपाल विपद उत्थानशिल समाजको आयोजनामा भएको छलफलमा विपदबाट हुने क्षेतीलाई कम गर्न  विपदका पुर्व तयारीलाई प्राथमिकता दिने, विपदले सबैभन्दा पहिले प्रभाव पार्ने क्षेत्रको पहिचान गरि त्यस्ता समुदायको सहभागिता र सशक्तीकरणमा जोड दिने, संकट आउनु अघि नै सकृय कदम चाल्ने, परम्परागत विधिलाई विस्थापन गर्दै उपयुक्त जिवन रक्षाका क्रियाकलापहरु अघि बढाउन लक्ष्य राखिएको छ । कार्यक्रममा विपद जोखिम न्युनीकरण उत्थानशिल समाजका केन्द्रीय अध्यक्ष डाक्टर नहकुल केसीले विपदको जोखिमलाई न्युनीकरण गर्न स्थानीय अगुवाईमा पुर्व अनुमानीत कार्यको स्थानीयकरणको अबधारणा, उदेश्य र त्यसले समुदायमा पार्ने सकारात्मक प्रभावको बारेमा प्रकाश पारेका थिए ।  जोखिमयुक्त क्षेत्रको तथ्यांक संकलन, पुर्व सतर्कता प्रणालीको प्रयोग गरेर विपदको पुर्व अनुमान गर्न सकिने केसीले बताए । उनले भने त्यसका लागि समुदायको सहभागिता सशक्तीकरण  र  क्षमता विकाशका कार्यक्रमलाई अघि बढाएर   जिबिको पार्जनका विभिन्न अबसरहरुको सिर्जना गर्न सकिन्छ ।

कार्यक्रममा विपदको जोखिम पहिचान गरि न्युनीकरणका लागि पुर्व तयारी गर्ने, जोखिम क्षेत्रको पहिचान गरि त्यसको स्थानियकरण गर्ने र सम्भाब्य जोखिम क्षेत्रका बासिन्दाहरुको लागि तत्कालिन  अल्पकालिन र दिर्घकालिन योजना बनाएर काम गर्न आवश्यक रहेको सरोकारवालाहरुले बताएका थिए । बर्षेनी आउने प्राकृतिक विपदले धेरै धनजनको क्षेती गरेको भएपनि त्यसलाई स्थानियकरण गर्न सके न्युनीकरणमा सजिलो हुने सहभागीहरुको भनाई थियो ।

विपद जोखिम उत्थानशील परियोजना लुम्बिनी प्रदेशका अध्यक्ष मनोज पन्थीको बिषय प्रवेशबाट सुरु भएको  कार्यक्रममा राष्ट्रिय जोखिम प्रकोप न्युनीकरण केन्द्रका सुरेश थापाले नेपालमा भइरहेका पुर्व तयारी साझेदारी, नेपालमा स्थानिय अगुवाईमा पुर्व अनुमानित कार्यको स्थानीयकरण, त्यसको उदेश्य महत्व र त्यसले पार्ने सकारातमक प्रभाव, लमही नगरपालिकाका विपद व्यवस्थापन फोकल पर्सन गायत्री थापाले स्थानीय तहमा भएका विपद व्यवस्थापन सम्बन्धी कार्यहरु र युनिसेफका सुरेश ज्ञवालीले स्थानीय अगुवाईमा पुर्व अनुमानित कार्यको स्थानियकरण सम्बन्धी अनुभव आदानप्रदान तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लालबाबु कवारीले प्रदेश स्तरमा भएका विपद व्यवस्थापन सम्बन्धी कार्य र पुर्व अनुमानीत कार्यको बिषयमा अबगत गराएका थिए ।

कार्यक्रममा बोल्ने अन्य सहभागीहरूले प्रदेश तथा स्थानीय स्तरमा विकाश निर्माणका काम गर्दा विपद जोखिम सम्बेदनशिलतालाई ख्याल राखेर काम गर्न आग्रह गरेका थिए । हचुवाको भरमा हुने बिकाश निर्माणका कामले बिपदको जोखिम बढेको बताउँदै उनीहरुले प्रदेश तथा स्थानिय स्तरमा भौतिक निर्माण वा पुर्वधार विकाशका काममा पहिले स्वयम स्थानीय र प्रदेश सरकार सम्बेदनशील हुनुपर्ने सुझाब राखेका थिए । कार्यक्रम विपद जोखिम न्युनीकरण उत्थानशिल समाजका केन्द्रीय अध्यक्ष डाक्टर नहकुल केसीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे