दाङकाे लमहीमा रगत अभाब, दैनिक ६ प्वाइन्ट बढी रगतकाे माग



दाङकाे लमहीमा रगत अभाब, दैनिक ६ प्वाइन्ट बढी रगतकाे माग

देउखुरी २५ असार । पछिल्लो केहिदिन यता दाङ-देउखुरीकाे लमहीमा रगत अभाब हुन थालेकाे छ । रगत दान गर्नेहरू भन्दा रगत लिनेहरूकाे संख्या बढ्न थालेपछि लमहीमा रगत अभाब हुन थालेकाे हाे ।

रक्त सञ्चार सेवा केन्द्र लमहीमा सबै प्रकारकाे रगत अभाव भएकाे केन्द्रकी प्रमुख मनिसा चन्दले जानकारी दिइन् । अहिले लमही रक्त सञ्चार केन्द्रमा ए पाेजेटिभ, बी पाेजेटिभी, एबी पाेजेटिभी र ओ पाेजेटिभ रगत अभाब भएकाे छ ।

रक्त सञ्चार केन्द्रमा ए पाेजेटिभ, बी पाेजेटिभी, एबी पाेजेटिभी र ओ पाेजेटिभ रगतकाे माग अत्याधिक भएकाेले पनि अभाब भएकाे प्रमुख चन्दले बताइन् । रगतका लागि दैनिक ४/५ जना आउने गरेकाे भएपनि माग अनुसार रगत पुर्याउन नसकिएकाे प्रमुख चन्दले बताइन् ।

रक्तदान कार्यक्रमहरू एकदमै कम भएका कारण पनि रगत अभाव देखिएकाे उनले बताइन् ।  लमहीमा दैनिक ६ प्वाइन्ट सम्म रगतकाे माग भएपनि माग भए बमाेजिम आफूहरूले रगत पुर्याउन नसकेकाे प्रमुख चन्दले बताइन् ।

लमही रक्त सञ्चार केन्द्रबाट मात्र बार्षिक रूपमा एक हजार बढी खपत हुने गरेकाे छ भने बार्षिक रूपमा संकलन संकलन भन्दा बढी खपत हुने गरेकाे नेपाल रेडक्रस साेसाइटी लमही शाखा प्रमुख थानेश्वर गैरेले जानकारी दिए ।

यस आर्थिक बर्ष २०८०/०८१ मा करिब एक हजार युनिट संकलन भएकाे छ, भने एक हजार बढी खपत हुने गरेकाे केन्द्रले जनाएकाे छ । यस लमहीमा रहेकाे डायलाइसिसका बिरामी र लमही अस्पतालमा आउने बिरामीहरूका लागि समेत रगत माग हुने गरेकाे अध्यक्ष गैरेले बताए ।

उनले पछिल्लाे केही महिना यता रक्तदानका कार्यक्रमहरू एकदमै कम हुन थालेकाेले पनि अहिले रगत अभाब भएकाे बताए । रगत अभाब हुन थालेपछि बिरामीहरू समेत समस्यामा परेका छन् । रगतका लागि घाेराही, तुलसीपुरमा सम्म पुग्नु परेकाे बिरामीहरूले बताएका छन् ।  समयमा रगत नपाउँदा बिरामीहरूलाई झनै समस्या हुने गरेकाे छ ।

अहिले रक्त सञ्चार सेवा केन्द्र लमहीमा प्रमुख मनिसा चन्द सहित प्राबिधिक सिमा वली र कार्यालय सहयाेगी आसा चाैधरी गरी तीन जना कर्मचारीहरू कार्यरत रहनु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे