आदर्श नमुना मावि लालटियाबाट एसईईमा ३९ जनाले ल्याए उत्कृष्ट नतिजा



आदर्श नमुना मावि लालटियाबाट एसईईमा ३९ जनाले ल्याए उत्कृष्ट नतिजा

भालुवाङ १३ असार । यस वर्षको एसईईको नतिजामा दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको आदर्श नमुना माविबाट ३९ जना विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् ।

परिक्षामा १९७ जनाले भाग लिएकोमा ३९ जनाले उत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालयका आइटी इन्चार्ज तथा सहायक प्रधानाध्यापक यादव आचार्यले जानकारी दिएका छन् । सो नतिजामा १ जनाले ३.६५ जीपीए सहित थप ६ जनाले ३.२१ जीपीए भन्दा माथिको उत्कृष्ट नतिजा ल्याउन सफल भएका हुन् । उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई विद्यालयले बधाई तथा शुभकामना समेत दिएको छ । साथै २०८१ का लागि डिप्लोमा इन्फरमेसन टेक्नोलोजी (सुचना प्रविधि) विषयमा नतिजा सहित विशेष छुटका साथ भर्ना खुलेको विद्यालयका आइटी इन्चार्ज तथा सहायक प्रधानाध्यापक आचार्यले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे