दाङकाे राप्ती गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र पत्रकारले गरे सामुहिक धान रोपाई (फाेटाे फिचर सहित)



दाङकाे राप्ती गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र पत्रकारले गरे सामुहिक धान रोपाई (फाेटाे फिचर सहित)

भालुवङ १५ असार । दाङ-देउखुरीको राप्ती गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र पत्रकारहरुले शनिवार सामुहिक धान रोपाई गरेका छन् । पालिका तथा वडाको काममा व्यस्त रहने जनप्रतिनिधि तथा कर्मचारी र समाचार संकलनमा व्यस्त रहने पत्रकारहरु शनिवार भने एकै थलोमा जम्मा भएर धान रोपाई गरेका हुन् ।

“जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि“ भन्ने मूल नाराका साथ २१ औं राष्ट्रिय धान दिवसको अवसरमा राप्ती गाउँपालिका कृषि विकास शाखाको आर्थिक सहयोगमा बगर कृषि सहकारी संस्था राप्ती गाउँपालिका वडा नम्बर ५ को आयोजना एवम् राप्ती प्रेस मञ्चको सह-आयोजनामा भएको २१ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवमा उनीहरुले सामुहिक धान रोपाई गरेका हुन् ।

राप्ती गाउँपालिका वडा नम्बर ७ अनाहनपुर स्थित करमकाशी चौधरी, देवीप्रसाद चौधरी र बसन्त चौधरी गरी तीन जना किसानकाे करिब १५ कठ्ठा जग्गामा धान रोपेर दहि, चिउरा खाई यस वर्षको धान दिवस मनाइयाे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर वलीले जानकारी दिए । उनले किसानलाई कृषि पेसाप्रति थप हाैसला प्रदान गर्न र सबैले कृषि कर्म गर्नु पर्छ भन्ने सन्देश दिन किसान कै खेतमा राेपाई गरेर धान दिवस मनाएकाे बताए ।

सो अबसरमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले कृषि उत्पादन बिना कुनै सम्भव नभएकाले आफूहरूले बिगतका बर्षदेखि कृषिलाई उच्च प्राथमिकता राख्दै आएकाे बताए । उनले राप्ती कृषि क्षेत्र भएकाे र धान खेतीका लागि उपयुक्त रहेकाेले पालिकालाई धान उत्पादनमा आत्मानिर्भर बनाउन याेजनाबद्ध तरिकाले काम गरिरहेकाे बताए ।

अध्यक्ष बिष्टले कृषि क्षेत्रको विकासका लागि चक्लाबन्दीलाई प्रोत्साहन गर्ने, गुणस्तरीय प्रविधिको प्रयोग गर्ने, रसाइनिक तथा प्रागांरिक मलको सन्तुलित प्रयोग गर्ने तथा उन्नत जातको बालीनालीको प्रयोग गरी उत्पादनमा वृद्धि गर्ने पालिकाको लक्ष्य रहेको बताए ।

उनले भारतबाट आयत हुने खाद्यन्न बालीहरु धान, चामल, मकै वर्षेनी रुपमा बढ्दो क्रममा रहेकोले त्यसलाई कम गरि कृषि उत्पादनलाई बढाउने बताए । अध्यक्ष बिष्टले दिनानुदिन हुने बजारीकरण तथा खण्डीकरणले गर्दा जग्गा नास भइरहेको उत्पादन घटिरहेको प्रति चिन्ता व्यक्त गर्दै पौडेलले यसलाई रोक्दै उत्पादनमा वृद्धि गर्न मल खाद, गुणस्तरीय प्रविधि र बालीनालीको प्रयोग बढाउन आवश्यक रहेको बताएका छन् ।

हाल राप्ती गाउँपालिकाको कुल क्षेत्रफलको ६९. ६२ वर्ग किलोमिटर कृषि क्षेत्र रहेको छ । ३ हजार ३ सय ४७ हेक्टरमा १६ हजार ९ सय ८० मेट्रिक टन कृषि उत्पादन हुने गरेको कृषि विकास शाखाले जनाएकाे छ ।

राष्ट्रिय धान दिवस कार्यक्रममा पालिकाका अध्यक्ष प्रकाश बिष्ट, प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर वली, राप्ती गाउँपालिका-७, नम्बर वडाध्यक्ष सीताराम चौधरी, ५ नम्बर वडाध्यक्ष देवप्रसाद चौधरी, ३ नम्बर वडा अध्यक्ष उमेश अधिकारी, कृषि शाखाका निमित्त प्रमुख गडरिया बर्साती, कृषि शाखाकै प्राविधिक निर्मला गिरी, बगर कृषि सहकारी संस्थाका अध्यक्ष सावित्रा चौधरी, संस्थाका पूर्व अध्यक्ष दलबहादुर घर्ती, प्रेस मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता, महासचिव ओमप्रकाश गुप्ता, पत्रकारहरु मोतिराम भट्टराई र लक्ष्मी पाेख्रेल लगायत जनप्रतिनिधि, कर्मचारी र पत्रकारहरु गरी ४० जना बढीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे