अस्थिर सरकारका कारण वनेका नीति नियम कार्यान्वयनमा समस्या आएको छ : मन्त्री अधिकारी



अस्थिर सरकारका कारण वनेका नीति नियम कार्यान्वयनमा समस्या आएको छ : मन्त्री अधिकारी

तिलोत्तमा १५ असार । लुम्बिनी प्रदेश महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती अधिकारीले प्रदेश सरकारले महिला तथा बालबालिकाका लागि विभिन्न नयां रणनीति बनाएर अगाडि बढेको बताएकी छिन् । महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालय सिंहदरबार काठमाण्डौको आयोजनामा बिहीबार भैरहवामा आयोजना गरेकाे बाल बिबाह अन्त्यका लागि राष्ट्रिय रणनीतिको मस्यौदामाथि छलफल तथा पृष्ठपोषण कार्यक्रममा बाेल्दै मन्त्री अधिकारीले यस्ताे बताएकी हुन् ।

मन्त्री अधिकारीले बनाएका नीति नियमलाई कार्यान्वयनमा लैजानका लागि स्थानीय तहले भुमिका निर्वाह गर्नुपर्ने बताइन् । उनले अस्थिर सरकारका कारण वनेका नीति नियमको कार्यान्वयनमा समस्या आएको दुखेसो पोखिन् ।मन्त्री अधिकारीले प्रदेशसंगै महिला तथा बालबालिकाका समस्या एक दुई  ठाउंमा खोजेर नहुने भन्दै ठाउँ पहिचान गरेर लाग्न आवश्यक रहेकोमा समेत जोड दिइन्  । उनले त्यसको लागि प्रदेश सरकार समन्वय गर्न तयार रहेको समेत बताइन् ।

त्यस्तै कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका उप-प्रमुख उमा अधिकारीले दक्षिणी भेगका किशोरी विभिन्न समस्याका कारण १० कक्षादेखि माथिको शिक्षाबाट वन्चित बन्नुपरेको भन्दै यसलाई कमगर्न संघ सरकारले कार्यक्रम ल्याउनुपर्ने खांचो औल्याइन् । उनले बालविबाहका सन्दर्भमा बोल्दै उपप्रमुख अधिकारीले विबाहमा धर्मगुरुको अनिवार्य उपश्थिति हुने भन्दै यस विषयमा धर्मगुरुहरुलाई नै सचेतनाका कार्यक्रममा जोडेर अगाडि बढ्नुपर्ने सुझाव दिइन् ।

प्रदेशका विभिन्न सरोकारवाला ब्यक्तिहरु सहभागिता रहेको कार्यक्रममा प्रशिक्षक दिपक ढकाल, प्रशिक्षक डा.देवकि आचार्य र महिला तथा बालबालिका मन्त्रालयका महिला अधिकृत कमला  दाहाल लगायतले बालबिबाह के हो, यसको प्रभाव र यसका असरकाबारेमा सहजीकरण गरेका थिए । कार्यक्रममा तिलोत्तमा टिभी रेडियो लुम्बिनीका कार्यकारी प्रमुख मिनाक्षी न्यौपाने, इन्सेकका प्रतिनिधि रिमा विसी र सहभागीको तर्फबाट रुद्र मर्साङी लगायतको प्रस्तुति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे