LISTEN LIVE RADIO

छोराको जन्मदिनमा प्रधानध्यापक ओलीद्धारा न्यानो कपडा वितरण, बेसाहारा बालबालिका पढाउँदै शिक्षिका ओली



छोराको जन्मदिनमा प्रधानध्यापक ओलीद्धारा न्यानो कपडा वितरण, बेसाहारा बालबालिका पढाउँदै शिक्षिका ओली

शिबराज पन्थी, कोइलाबास ४ पुस ।

कक्षा ८ पास गरेपछि कोइलाबासकी यमुना पुनको हाइस्कूल पढ्ने धोको थियो तर गाउँमा हाइस्कूल थिएन । गढवामा गएर स्कूल पढ्न सक्ने घरायसि अबस्था पनि थिएन । कक्षा ८ कोइलाबासबाट पास गरेपछि उदय प्राबि मुसिनाकाका प्रअ बिमला ओलीले मेरो इच्छा पुरा गरिदिइन्।

कक्षा ९ देखि गढवामा आएर पढ्दै अहिले १२ कक्षाको परिक्षा दिन सफल भएँ । कापि,किताब,डे«स तथा अन्य आबश्यक पर्ने शुल्क सबै मेडमले दिनुभएको छ–जनता माबि गढवाबाट कक्षा १२ को परिक्षा दिएकी मुना पुनले भनिन् । पढ्ने इच्छा भएर पनि घरको अबस्थाले बाधा पारेको थियो ।

यसरी पढ्न पाइएला भनेर सोचेकै थिएन, गढवा ८ मुसीनाकाका श्याम बुढाले भने । कक्षा ८ पास गरेपछि बाहिर गएर पढ्नसक्ने कुनै उपाय नै थिएन तर मुसीनाकाका प्रअ बिमला मेडमले मलाई यहाँसम्म ल्याउनुभयो, गढवा स्थित जनता माबिको कक्षा १० मा पढ्दै गरेका बुढाले भने । भर्ना देखि डे«स, कापी किताब सबै मेडमले दिइएकी छिन् ।

देउखुरीको गढवा गाउँपालिका ८ को दुर्गम बस्ती मुसीनाकामा लामो समयसम्म अध्यापन गर्दै आएकी उदय प्राबिका प्रधानध्यापक बिमला ओलीले केही असहाय र बेसाहारा वालवालिकाहरुलाई आफ्नै लगानीमा पढाउदै आएकी छिन् । यत्तिमात्र होइन शिक्षिका ओलीले आफ्नो छोराको जन्मदिनको अवसरमा आफ्नो बिद्यालयमा पढ्ने २६ जना बिद्यार्थी र गाउँका ४ जना अनाथ वालवालीकाहरुलाई बिहिवार निःशुल्क न्यानो कपडा वितरण गरेकी छिन् ।


कोभिड–१९ का कारण भारततर्फ जाने नाका बन्द छ,गढवा पुग्न कोइलाबासबाट निकै महंगो भाडा छ । गाउँलेहरुको स्थिति छैन त्यसैले बिद्यालयका सबै बिद्यार्थीहरुलाई पुग्ने गरी मेरो छोराको जन्मदिन पारेर सबैलाई एक एक थान स्विटर वितरण गरेकी हुँ–ओलीले भनिन् ।

त्यस्तै मुसीनाकाका असहाय र अनाथ ४ जना बालबालिकाहरुलाई पनि उनले न्यानो स्विटर वितरण गरेको बताइन् । बेसाहारा अनाथ वालवालीका देख्दा साथ मेरो मन भित्रैबाट पग्लिन्छ र सहयोग गर्ने आशा पलाउँछ, प्रधानध्यापक ओलीले भनिन् । लामो समय सम्म दुर्गम भुगोलमा बसेर अध्यापन गर्दै आउनुभएकी ओलीले सुगम ठाउँमा गएर बिद्यार्थीको सेवा गर्ने सपना साँचेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे