LISTEN LIVE RADIO

प्रलेस दाङ शाखाकाे २८ औं स्थापना दिवस, पाँच जना साहित्यकारलाई पुरस्कृत



प्रलेस दाङ शाखाकाे २८ औं स्थापना दिवस, पाँच जना साहित्यकारलाई पुरस्कृत

दाङ ४ पुस । प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले २८ औं स्थापना दिवसका अवसरमा पाँच जना साहित्यकारलाई पुरस्कृत गरेको छ भने एकजना साहित्यकारलाई सम्मानित गरेको छ । प्रलेस दाङका अध्यक्ष भुवन देवकोटाको अध्यक्षता तथा प्रलेसका पूर्व केन्द्रीय अध्यक्ष अमर गिरीको प्रमुख आतिथ्यता एवं बरिष्ठ साहित्यकार नारायण प्रसाद शर्माको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । उक्त अवसरमा प्रगतिशील साहित्य पुरस्कार गायक तथा साहित्यकार नारायण योगीलाई प्रदान गरिएको थियो ।

यस्तैगरी रामप्रसाद जैसी र नारदमणि पोख्रेलले स्थापना गर्नुभएको चिन्तामणि जमुना साहित्य पुरस्कार साहित्यकार तथा राजनीतिकर्मी निर्मल आचार्य (सौगात)लाई प्रदान गरिएको थियो । यस्तै साहित्यकार पद्मप्रसाद शर्मा र शान्तादेवीले स्थापना गर्नुभएको अनन्त टीका प्रतिभा पुरस्कार नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष समेत रहनुभएका साहित्यकार सविन प्रियासनलाई प्रदान गरिएको थियो । प्रलेस पुरस्कार, चिन्तामणि जमुना र अनन्ट टिका पुरस्कार १० हजार रासीका थिए ।

यसैगरी भक्तिराम ज्ञवालीले स्थापना गर्नुभएको गोविन्द चिस सर्जक पुरस्कार पत्रकार तथा साहित्यकार सन्तोष दहितलाई र श्याम चिसले स्थापना गर्नुभएको गोविन्द ज्ञवाली साहित्य पुरस्कार पत्रकार तथा साहित्यकार रीता लामालाई प्रदान गरिएको थियो । प्रमुख अतिथि, विशिष्ट अतिथी लगायत पुरस्कार संस्थापकहरुले पुरस्कार प्रदान गरेका थिए ।

प्रलेसले हरेक बर्ष एक जना साहित्यकार तथा लेखकलाई सम्मान गर्ने कार्यक्रम अन्तरगत यस बर्ष साहित्यकार तथा अध्येता देवमणि देवकोटालाई सम्मान गरिएको थियो । देवकोटालाई दोसल्ला ओढाएर साथै सम्मान पत्रका साथ सम्मान गरिएको थियो ।

सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अथिती डा. अमर गिरी, बिशिष्ट अतिथी नारायण प्रसाद शर्मा, पुरस्कार संस्थापक तथा प्रलेसका केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्मा, पूर्व केन्द्रीय उपाध्यक्ष शसिधर भण्डारी, पुरस्कार संस्थापक रामप्रसाद जैशी, सम्मानित देवमणि देवकोटा, पुरस्कृत प्रतिभाहरु नारायण योगी, निर्मल आचार्य, सविन प्रियासन, रिता लामा, राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनाल, प्रलेसका केन्द्रीय सदस्य शरद अधिकारी लगायतले बोलेका थिए ।

कार्यक्रममा पुरस्कृत प्रतिभाहरुको परिचय प्रलेसका केन्द्रीय सदस्य तथा लुम्विनी प्रदेशका अध्यक्ष केशव थापाले गराउनुभएको थियो । कार्यक्रमको संचालन प्रलेस दाङका सचिव छविलाल कोपिलाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे