गुठी पीडितमाथीको दमन नरोके विप्लवको पार्टीले कडा संघर्ष गर्ने चेतावनी



गुठी पीडितमाथीको दमन नरोके विप्लवको पार्टीले कडा संघर्ष गर्ने चेतावनी

दाङ २० जेष्ठ । नेपाल कम्युनिस्ट पार्टी दाङले गुठी पीडितमाथीको दमनकारी रवैया नरोके विप्लवको पार्टीले कडा संघर्ष गर्ने चेतावनी दिएकाे छ । नेकपा दाङका जिल्ला सेक्रेटरी तिलक सीले दाङका गुठी पीडितमाथी प्रदर्शनको क्रममा भएको प्रहरी दमनको बिरोध गर्दै उक्त चेतावनी दिएको हो ।

पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले आज आईतबार विज्ञप्ती जारी गर्दै गुठी पिडितकाे  आन्दाेलनलाई दमन गरे आफूहरु कडा संघर्षमा उत्रिने चेतावनी दिएका छन् । स्वर्गद्वारी गोरक्ष लगायत गुठी पिडित किसानहरुले राज्यको तर्फबाट गरिएका विभिन्न सहमति सम्झौताहरु यथासिघ्र कार्यान्वयनको माग गर्दै मालपोत कार्यालय र नापी कार्यालय घोराहीमा शान्तिपूर्ण संघर्षको क्रममा १० जना किसानहरुलाई घाइते बनाएको घटनाले हाम्राे गम्भीर ध्यानाकर्षण भएको छ, जारी विज्ञप्तीमा भनिएकाे छ ।

बिज्ञप्तीमा अगाडी भनिएकाे छ, जमिनको स्वामित्व मागिरहेका किसानहरुमाथी गरिएको दमन र ज्यादतीको निन्दा र भत्सर्ना गर्दै घाइतेहरुको भरपर्दो निशुल्क निशुल्क व्यवस्था मिलाउन गम्भीर ध्यानाकर्षण गराउन चाहन्छाैँ । किसानहरुले चलाइरहेको संघर्षमा पार्टीको बिगतदेखि नै सहयोग र समर्थन रहँदै आएको र आजदेखि किसानले थालेको आन्दोलनमा पनि पूर्ण समर्थन सहित सहयोग उपलब्ध गराउने सेक्रेटरी तिलक सीद्धारा जारी बिज्ञप्तीमा भनिएकाे छ ।

यस्तै प्रचण्ड-केपी सरकारले किसानलाई जमिनको पूर्ण स्वामित्व यथासिघ्र उपलब्ध गराउन जोडदार माग गरिएको छ । साथै किसान माथीको दमनकारी रवैया नरोके पार्टीको तर्फबाट कडा संघर्ष गर्न बाध्य हुने हुनेछाैँ, जारी विज्ञप्तीमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे