लुम्बिनी प्रदेश याेजना आयाेगका नवनियुक्त उपाध्यक्ष खनालद्धारा सपथ तथा पदभार ग्रहण



लुम्बिनी प्रदेश याेजना आयाेगका नवनियुक्त उपाध्यक्ष खनालद्धारा सपथ तथा पदभार ग्रहण

देउखुरी २० जेष्ठ । लुम्बिनी प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष सराेज खनालले आज सपथ तथा पदभार ग्रहण गरेका छन् । गत शुक्रबार बसेकाे प्रदेश मन्त्री परिषद्काे बैठकले प्रदेश याेजना आयाेगकाे उपाध्यक्षमा कपिलबस्तुका सराेज खनाललाई नियुक्त गरेकाे थियाे ।

यसैबीच नवनियुक्त उपाध्यक्ष सराेज खनालले आज आईतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री जोखबहादुर महराले मुख्यमन्त्री तथा मन्त्री परिषद्काे कार्यालय देउखुरीमा शपथ ग्रहण गराएका छन् ।

नवनियुक्त उपाध्यक्ष खनाल कपिलबस्तु बाणगंगा वार्ड नम्बर ८, निवासी हुन् । उनी यस अघि याेजना आयाेगकाे सदस्य समेत रहेका थिए । उपाध्यक्ष खनाल शिक्षा, स्वास्थ्य र सहकारी क्षेत्रमा लामाे समय काम गरेकाे अनुभव रहेकाे छ ।

सपथ ग्रहणपछि आज आईतबार नै नवनियुक्त उपाध्यक्ष खनालले पदभार ग्रहण समेत गरेका छन् । पदभार ग्रहण गर्दै उपाध्यक्ष खनालले सरकारले बनाउन लागेकाे नयाँ बजेटमा आफू एकदम बढी कृयाशिल हुने बताए । उनले प्रदेशकाे पञ्चबर्षिय याेजनालाई समेत केहीदिन मै पूर्णता दिने गरी कार्य सम्पादन गर्ने प्रतिबद्धता जनाए ।

यसअघि कांग्रेसका डिल्लीबहादुर चौधरी नेतृत्वको सरकारको पालामा नियुक्ति भएका प्रदेश योजना आयोग उपाध्यक्ष नहकुल केसीले राजीनामा दिएपछि योजना आयोग पदाधिकारीविहीन भएको थियो । मुख्यमन्त्री अध्यक्ष रहने आयोगमा ५ सदस्य समिति रहने गर्दछ । उपाध्यक्ष र चार सदस्य मुख्यमन्त्रीले नियुक्त गर्ने प्रवाधान छ ।

यस्तै आयाेगका नवनियुक्त उपाध्यक्ष खनाल संगै मुख्यमन्त्रीका राजनिती सल्लाहकार निर्मल आचार्य, मुख्यमन्त्री कै पूर्वाधार विज्ञ पवन बराल र मुख्यमन्त्रीका अर्थ तथा विकास विज्ञ सुसान्त बैदिकलाई नियुक्त गर्दै जिम्मेवारी प्रदान गरिएकाे छ । उनीहरू तीनै जनालाई मुख्यमन्त्री जोखबहादुर महराले नियुक्त पत्र दिदै जिम्मेवारी प्रदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे