LISTEN LIVE RADIO

ऐरावती आदर्श बहुमुखी क्याम्पसमा बिबिएस र बिएड चौथो बर्षमा अध्ययनरत बिद्यार्थीहरुको बिदाई



ऐरावती आदर्श बहुमुखी क्याम्पसमा बिबिएस र बिएड चौथो बर्षमा अध्ययनरत बिद्यार्थीहरुको बिदाई

भालुवाङ १८ चैत । दाङ देउखुरीको ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियामा बिबिएस र बिएड चौथो बर्षमा अध्ययनरत बिद्यार्थीहरुलाई एक कार्यक्रमका बिच बिदाई गरिएको छ । बिबिएस र बिएड पहिलो, दोश्रो र तेश्रो बर्षका विद्यार्थीहरुले संयुक्त रुपमा बिदाई गरेका हुन् ।

विद्यार्थीहरूलाई टिका र फूलमाला सहित बिदाई गरिएको थियो । स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष संगिता भण्डारीको अध्यक्षता एवम् क्याम्पस संचालक समितिका अध्यक्ष केशवराज खनालको प्रमुख आथित्यतामा बिदाई कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले क्याम्पस सुधारका लागि विद्यार्थीको भाैतिक, नैतिक सहयोग आवश्यक रहने बताए । त्यस्तै उनले विद्यार्थीहरूको आवश्यकता अनुसार अन्य विषयहरू थप गर्न क्याम्पस प्रशासन तथा सञ्चालक समिति तयार रहेको बताए । त्यस्तै उनले बिदाई भएर जाँदै गरेका चौथो वर्षका विद्यार्थीहरुलाई उज्ज्वल भविष्यको लागि शुभकामना समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा क्याम्पस संचालक समितिका कोषाध्यक्ष ताराप्रसाद भुसाल, शिक्षा शास्त्र संकाय प्रमुख भेषबहादुर बुढाथोकी एमएडका कार्यक्रम संयोजक चन्द्रप्रकाश ओली, व्यवस्थापन संकाय प्रमुख धनबहादुर रावत, पत्रकार ओमप्रकाश गुप्ता, बिदाई भएर जाने विद्यार्थी टिकाराम राउत र हरिप्रसाद शर्मा लगायतले शुभकामना तथा विदाई मन्तव्य राखेका थिए ।

साथै कार्यक्रम बिदाई भएर जान लागेका विद्यार्थीहरूले क्याम्पसलाई र स्ववियुले विदाई भएर जान लागेका विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गरेका थिए । स्ववियु सहसचिव अनिल परियारको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन स्ववियु सचिव अशोक खनालले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे