LISTEN LIVE RADIO

एमाले राप्तीले फागुन १८ र १९ गते प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने



एमाले राप्तीले फागुन १८ र १९ गते प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

भालुवाङ २७ माघ । नेकपा एमाले राप्ती गाउँपालिका कमिटीले नेता कार्यकर्ताहरूका लागि २ दिने प्रशिक्षक, प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको छ ।

पालिका कमिटी अध्यक्ष मदन अधिकारीको अध्यक्षता एवम् पार्टीका केन्द्रीय सदस्य साजिदा सिद्दिकीको प्रमुख आतिथ्यतामा शनिबार पार्टी कार्यालय मसुरीयामा बसेको बैठकले यहि फागुन १८ र १९ गते प्रशिक्षक , प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको हो । पार्टीको सांगठनिक विषय वस्तु सँगै समसामयिक विषयमा प्रशिक्षण दिने बताइएको छ । प्रशिक्षण कार्यक्रममा पार्टीका पालिका तथा वडा कमिटीका पदाधिकारी, जनवर्गीय संगठनका पदाधिकारी तथा जनप्रतिनिधिहरूको सहभागीता रहने बताइएको छ ।

बैठकमा पार्टीका दाङ जिल्ला उपाध्यक्ष राममणी पाण्डे र लुम्बिनी प्रदेश कमिटी सदस्यहरू जगतप्रसाद पोख्रेल, दाङ जिल्ला सचिवालय सदस्य हेमराज पुन, हरि बेल्वासे लगायतको उपस्थिति रहेको थियोे । बैठकको सहजीकरण पार्टीका राप्ती गाउँपालिका कमिटी सचिव भरतमणी न्याैपानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे