LISTEN LIVE RADIO

भालुवाङ सशस्त्र प्रहरीद्वारा १ ट्रक प्याज बरामद



भालुवाङ सशस्त्र प्रहरीद्वारा १ ट्रक प्याज बरामद

भालुवाङ १६ माघ । दाङको देउखुरीमा सशस्त्र प्रहरीले १ ट्रक प्याज बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २९ गण हेक्ड क्वाटर ज्वालामाई गण, भालुवाङले मंगलबार बिहान भन्सार छरेर भित्र्याइएको ५ लाख ५२ हजार मूल्य बराबरको आठ हजार किलो प्याज बरामद गरेको एसपी गोपालप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

शितगंगा नगरपालिका- ८ सातमारामा कपिलवस्तुबाट घोराहीतर्फ जाँदै गरेको रा २ ख ५३६ नम्बरको ट्रक बरामद भएकाे हाे। अवैध रूपमा ट्रकले प्याज ल्याउँदै गरेको गोप्य सूचनाको आधारमा जाँचमा एसपी श्रेष्ठको कमाण्डमा खटिएको टोलीले उक्त ट्रक र प्याज बरामद गरेको हो।

बरामद भएको प्याज र ट्रकलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा पठाईएको छ। नक्कली बिलबिजग बनाएर भन्सार छरेर ल्याइएको प्याज फेला परेपछि कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालयमा एसपी श्रेष्ठले बताए । राजमार्ग सुरक्षाका लाग आइआरटी स्थापना छ। २४ घण्टा जाँच गर्दै आएको छ।

राजमार्गमा हुने सवारी दुर्घटनामा छिटो उद्धारमा खटिन र अवैध चोरी निकासी नियन्त्रणका लागि सशस्त्र प्रहरीले ध्यान दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे