LISTEN LIVE RADIO

लमही महोत्सवको ११ औं दिन : अनु चौधरी, सहिमा श्रेष्ठ, रचना रिमाल र कृष्ण रेउलेले मञ्च तताए



लमही महोत्सवको ११ औं दिन : अनु चौधरी, सहिमा श्रेष्ठ, रचना रिमाल र कृष्ण रेउलेले मञ्च तताए

भालुवाङ १५ माघ । दाङको लमहीमा गत माघ ५ गते देखि जारी महोत्सवमा दिन प्रतिदिन रौनकता थपिदै गएको छ ।लमही चेम्बर अफ कमर्सको आयोजनामा लमही स्थित अजम्बरी सामुदायिक वनको जैविक विविधता ग्रिन पार्कमा सञ्चालित दोस्रो कृषि, पर्यटन, उद्योग तथा व्यापारीक महोत्सवमा सोमवार एघारौं दिन चर्चित गायिकाहरु अनु चौधरी, सहिमा श्रेष्ठ, रचना रिमाल र कृष्ण रेउलले दर्शकहरुलाई आ–आफ्नो प्रस्तुती मार्फत भरपुर्ण मनोरञ्जन प्रदान गरेका छन् । प्रमुख कलाकारको रुपमा स्टेज चढेकी अनु चौधरीले थुप्रै थारु नेपाली गीतको माध्यमबाट दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएकी छिन् । गायिका अनुले गित गाउँदा कार्यक्रम अवलोकनमा आएका दर्शकहरुले हुटिङ गर्दै नाचेका थिए ।त्यसै गरी महोत्सवमा सुगम संगीतकी लोकप्रीय गायिका सहिमा श्रेष्ठको प्रस्तुतीमा पनि दर्शकहरु झुमे । सहिमाले ‘किन ल्याङ ल्याङ गर्दैछौ मैया, तिम्रा डोला डोला हातमा मेहन्दी भरिछौ, दिलमा राख्यो दिलमै फिट तिम्रो पिक्चर हिट’, सलल सलल बगेको पानी पर्ख पर्ख म त्यही जाने , मायाले मायाले ढाट्यो मायाले, बबाल भयो रे लगायतका गीत प्रस्तुत गरेकी थिईन् । सहिमाको प्रस्तुतिमा साथ दिदै दर्शकहरुले उनको प्रतिभाको सान बढाई दिएका थिए ।यस्तै युवापुस्ता माझ निकै लोकप्रिय गायिका रचना रिमालले ‘फोटो फिरिममा’, ‘सम्झिने पानी छम्किने’, ‘उनको प्रित’ लगायतका गीत गाएर दर्शकहरुलाई रिझाएकी थिइन् । उनका सवै गीतहरुमा प्रया युवाहरु झुमेका थिए । भने गायक कृष्ण रेउलेले पनि चर्चित गितहरु आज गाउँमा बिजुली चम्कियो, गाउँमा हल्ला चल्यो, भिरमा नजाउ जाक्केर मरौली, दिलको ढोका खुल्ला छ लगायतका गीत गाउँदा दर्शकहरुले नाचेर साथ दिएका थिए ।कार्यक्रमको बीच बीचमा गायिका तथा उद्घोषिका रुपा घर्ती मगरले पनि आ–आफ्ना प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरञ्जन दिएकी थिइन् भने पिडिएच डान्स स्टुडियो र स्थानीय कलाकारहरूले पनि आ–आफ्नो प्रस्तुति मार्फत दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । त्यस्तै भोली माघ १६ गते मंगलवार चर्चित गायिका ज्योती मगर, गायक चोलेन्द्र पौडेल, गायक ज्ञानेन्द्र स्वर्णकार, गायिका पारु गुरुङ, लगायका कलाकारहरु आउने कलाकार संयोजक शिवु खनालले जानकारी दिएका छन् । जैविक विविधता ग्रिनपार्कलाई संरक्षण गर्ने तथा वनलाई पर्या पर्यटन प्रवद्र्धनका लागि विशेष सहयोग गर्ने मुख्य उदेश्यले लमही चेम्बर अफ कमर्सको आयोजनामा यही माघ ५ गते देखि २० गते सम्म लमहीको जैविक विविधता ग्रिन पार्कको छेउमा महोत्सव सञ्चालन गरिएको छ । महोत्सवमा विभिन्न १ सय ८० बढी स्टलहरु राखिएको छ भने देउखुरी क्षेत्रका विभिन्न कृषि उत्पादनका सामाग्री, घरेलु उद्योगबाट उत्पादित समाग्रीहरु, चर्खे पिङ, झुला, बाल उद्यान, लगायतका मनोरन्जनात्मक बस्तु राखिएको छ । महोत्सवमा स्थानीय उत्पादन प्रदर्शनी, बाल उद्यान, देउखुरीका हस्तकलाका सामाग्री बिक्री, महिला उद्यमीले तयार गरेका अचार लगायतका सामाग्रीमा जोड दिइएको छ । महोत्सव अवधीधर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।महोत्सव अवधिभर करिब ३ लाख दर्शकले अवलोकन गर्ने र ४० लाख बराबरको कारोवार गर्ने लक्ष्य राखेको चेम्बरका महासचिव केशव अधिकारीले जानकारी दिएका छन् । महोत्सवमा कृषि तथा स्वास्थ्यका स्टललाई निशुल्क गरिएको छ भने जेष्ठ नागरिक, अपाङ्गता भएका नागरिक तथा असाहयहरूलाई परिचय–पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । त्यस्तै विद्यार्थीको हकमा परिचय–पत्रका आधारमा ८० रूपैयाँ र सर्वसाधारणका लागि लागि १ सय रूपैयाँ टिकट कायम चेम्बरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे