LISTEN LIVE RADIO

लमही महाेत्सवकाे मञ्च मै कलाकारकाे जन्मउत्सव



लमही महाेत्सवकाे मञ्च मै कलाकारकाे जन्मउत्सव

देउखुरी ८ माघ । दाङ-देउखुरीकाे लमहीमा जारी दाेस्राे कृषि, पर्यटन, उद्योग तथा व्यापारिक महाेत्सव २०८० काे तेस्राे दपन महाेत्सवकाे मञ्च मै एक जना कलाकारकाे जन्म उत्सव मनाईएकाे छ । दाङ-देउखुरीकाे लमही निवासी चर्चित गायक, माेडल तथा कुशल उद्घाेषक बिजय पुनकाे जन्मदिन महाेत्सवकाे मञ्च मै केक काटेर मनाईएकाे छ ।

कलाकार राष्ट्रका गहना हुन्, कलाकारकाे सम्मान नै राष्ट्रकाे सम्मान भएकाेले आफ्नै ठाउँकाे कलाकार भएकाेले पनि उनकाे सम्मानका लागि मञ्च मै केक काटेर जन्मदिन मनाएकाे आयाेजक लमही चेम्बरका अध्यक्ष शित्तल भुसालले जानकारी दिए ।

कलाकार पुनलाई महाेत्सव आयाेजक लमही चेम्बर अफ कर्मशका अध्यक्ष शित्तल भुसाल, लमही नगरपालिका-४, वडा अध्यक्ष सुवास न्याैपाने, महाेत्सव व्यवस्थापक बिनाेद बुढाथाेकी, चर्चित सदाबहार गायक हेमन्त शर्मा, चर्चित माेडेल तथा डान्सर अञ्जली अधिकारी र चर्चित लाेकदाेहाेरी गायिका जानकी तारनीमगर लगायतका अतिथीहरूले फुल, माला लगाएर जन्मदिनकाे शुभकामना दिएका थिए ।

महाेत्सवकाे मञ्च मै पहिलाे पटक आफूूले जन्मदिन मनाउन पाउँदा कलाकार बिजय पुन खुसी व्यक्त गरेका छन् । याे जन्मदिनले आफूलाई थप उर्जा र प्रेरणा दिएकाे बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे