LISTEN LIVE RADIO

लालमटिया महोत्सवमा पल शाह आउने भएपछि सुरक्षा व्यवस्था कडा, मञ्च सिगांरियो



लालमटिया महोत्सवमा पल शाह आउने भएपछि सुरक्षा व्यवस्था कडा, मञ्च सिगांरियो

भालुवाङ ८ माघ । दाङको राप्ती गाउँपालिका २ लालमटिया टुडिखेलमा सञ्चालन भइरहेको छैंठौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवमा नायक पल शाह आउन लागेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

“कृषि उद्योग, व्यापार तथा पर्यटनको शान, राप्ती कृषि पर्यटन महोत्सव २०८० को अभियान” भन्ने मुल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा पुस २६ गते देखि माघ ८ गते सम्म लालमटिया टुडिखेलमा महोत्सव सञ्चालित महोत्सवको आज १२ आंै दिन नायक शाह लालमटिया महोत्सवमा आउन लागेपछि यति बेला मुल गेट देखि मञ्च सम्म नेपाल प्रहरी, शसत्र प्रहरी परिचालन गरिएको छ । भने स्टाउटको टोली पनि स्वयमसेवकको रूपमा खटिएको छ । भने स्टेजलाई आज बेलुन तथा फूलमालाले सिँगारिएको छ । बलत्कार मुद्दाबाट सफाई पाएपछि मेला महोत्सवमा व्यस्त रहेका नायक शाह पहिलो पटक देउखुरी क्षेत्रको मेला महोत्सवमा सहभागी हुन लागेका हुन् ।

आज महोत्सवमा अहिले सम्मकै सवै भन्दा धेरै दर्शक आउने अपेक्षा आयोजकले राखेको छ । नायक शाह सँगै गायिका लालुमाया कुंवर, मोडेल सगुन थापा लगायतका कलाकारहरु आउन लागेको मेला व्यवस्थापक एसके शर्माले जानकारी दिएका छन् । यसै बीच महोत्सव १ दिन थप गरिएको छ । आज अन्तिम दिन भने पनि समापन गर्न नभ्याउने भएकोले महोत्सव १ दिन थप गरेको राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काले जानकारी दिएका छन् । महोत्सव थपिए सँगै भोली पनि कलाकार मगाउन लागेको र टिकट भोली सम्म लाग्ने मेला व्यवस्थापक शर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे