LISTEN LIVE RADIO

लमही महोत्सवमा शान्ता दिदीको अचार पसल



लमही महोत्सवमा शान्ता दिदीको अचार पसल

लमही ८ माघ । लमही महोत्सवको मुख्य प्रवेशद्वारबाटै ठूलो व्यानरमा शान्ता दिदीको स्वादिलो अचार उद्योग देख्न सकिन्छ । महोत्सवको २२८ नम्बरको स्टलमा घरमै बनाइएको विभिन्न अचारहरुको परिकार राखिएको छ।

महोत्सवमा स्थानीय अचारको आकर्षण बढ्दो छ। घोराही उपमहानगरपालिका वडा नम्बर-४ बसन्तपुर निवासी नेकपा एमालेको नेता एवं पूर्व सांसद शान्ता चौधरीले बनाएको स्थानीय अचारप्रति मेलामा आकर्षण बढदै गएको हो। अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्वारा सञ्चालित जैविक विविधता ग्रीनपार्कमा जारी महोत्सवमा दर्शकले निकै रुचाएको मुख्य खाद्य पदार्थ हो- स्वादिलो अचार। शान्ता दिदीको अचार उद्योग दर्ता गरेर आफ्नो बारीको उत्पादन प्रशोधन गरी व्यवसायिक रुपपा अचार व्यवसायमा लागेको पूर्वसांसद चौधरीले बताइन् । रोजगारीको अभावमा दिन प्रतिदिन युवाहरु विदेशीने क्रम बढिरहेको भन्दै पूर्वसांसद चौधरीले स्वदेशमै जाँगर चलाए स्वदेशमै रोजगारीका प्रशस्तै अवसर छन् भन्ने सन्देश दिन आफूले व्यवसाय सुरु गरेको बताइन् ।

गत वर्षदेखि अचार उद्योग सञ्चालनमा ल्याएको भन्दै चौधरीले अचार व्यवसायबाट राम्रो आम्दानी हुने गरेको बताइन् । आफ्नै बारीमा उत्पादित फलफूल प्रशोधन गरेर अचार बनाउने गरेको बताउँदै पूर्वसांसद चौधरीले भनिन्, ‘आफ्नै बारीमा उत्पादित फलफूल, तरकारीलाई प्रशोधन गरेर अचार बनाउने गरेका छौ। मटन, चिकेन, माछा, बफ, भेज, लप्सी, अकबरे, बयर, मुला, लसुन, अदुवा, गुनरूक, तामा, खुर्सानी, मिक्स भेजमा काउली, गाजरलगायतका अचारहरु लमही महोत्सवमा बिक्री गर्न राखिएको छ। एकसय दश रुपैयाँदेखि पाँच हजारसम्मका अचारहरु विक्रीमा रहेका छन् ।’ दोस्रो दिनदेखि पूर्वसांसदले
चलाएको अचारको स्टल कहाँ छ रे भन्दै सोध्दै आइपुगेको सुनाउँछन्। उनले भनिन्, ‘यसो भनेको सुन्दा खुसी लागेर आउँछ। हामीलाई पनि खोजेर आउने गर्छन्। लमही महोत्सबमा अचारको व्यापार गर्न पाउँदा खुसी लागेको छ।

महोत्सव अवलोकन गर्न आएका दर्शकहरुले खोजी खोजी आएर स्वादिलो अचार किनेर लैजाने गरेका छन्। अचार व्यापारको अभ्यासले आपसमा आत्मियता बढाउनुका साथै दुःखसुखका कुरा समेत आदान-प्रदान हुनाले महोत्सवले जुराएको अचार विक्री कार्यले एकअर्कालाई बुझ्ने अवसर समेत दिएको छ ।’

महिलाले गरेको कामको सम्मान गर्दै खोजीखोजी आएर अचारको स्वाद लिनु नै ठूलो कुरा भएको उनले बताइन् । ‘महोत्सवमा अचार विक्रीको काम रमाइलो पनि हुँदोरहेछ । रूचाइदिनु भएको छ यो नै हाम्रो सम्पत्ती हो’, उनले भनिन्, ‘यस्ता कामले एकातिर महिलालाई स्वावलम्बी बन्न सिकाउँछ भने अर्कोतर्फ सामुहिक व्यापारको अभ्यास समेत गराउँछ । एकापसमा मित्रता, प्रेम, आत्ममियता, जागरुकता भन्ने त छदैछ ।’

आफूले उत्पादन गरेको अचारका लागि बजारको कुनै समस्या नभए‌को बताउँदै व्यवसायी चौधरीले उत्पादन भएको सबै अचार घरबाटै पनि खपत हुने गरेको बताइन् । ‘माग अनुसार हामी पूर्ति गर्ने सकेको छैनौ । व्यवसायलाई अझै विस्तार गर्ने योजना बनाएका छौं’, उनले भनिन्, ‘अचार बनाउने तालिम सिकेर व्यवसायमा लागेकी शान्ति अहिले बार्षिक लाखौं रुपयाँ मनाफा आर्जन गर्ने तयारीमा छन् ।’

कुनै समय नेकपा एमालेबाट संघीय सांसद भई पार्टीको सचेतक समेत हुनुभएकी चौधरीले अचार उद्योगबाट निकै सन्तुष्ट रहेको धारण व्यक्त गरे। लमही महोत्वसमा मात्रै एक लाख रुपैयाँ भन्दा बढीको अचार बिक्री गर्ने लक्ष्य रहेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे