LISTEN LIVE RADIO

सर्वहित सहकारीद्वारा शैक्षिक सामाग्री वितरण तथा मोबाइल बैंकिङ सेवा शुभारम्भ



सर्वहित सहकारीद्वारा शैक्षिक सामाग्री वितरण तथा मोबाइल बैंकिङ सेवा शुभारम्भ

भालुवाङ ४ माघ । सर्वहित बचत तथा ऋण सहकारी संस्था लि. राप्ती गाउँपालिका-४ माैरीघाटले आफ्नो ११ औं स्थापना दिवसका अवसरमा बिहीबार संस्थाको कार्यालयमा शैक्षिक सामाग्री वितरण तथा मोबाइल बैंकिङ सेवा शुभारम्भ गरेको छ ।

संस्थाका अध्यक्ष जागेन्द्र चाैधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिका भित्रका १२ वटा प्रावि तहका सामुदायिक विद्यालयका ५६ जना गरिव तथा जेहेन्दार विद्यार्थीहरूलाई १/१ दर्जन कापी र १/१ प्याकेट प्यान्सिल प्रदान गरिएको थियो । भने पुस महिनाको मासिक बचत गर्ने भाग्यशाली विजेता माैरीघाट मुख्य कार्यालयबाट त्रिविक्रम चाैधरी, पत्थरगढवा सेवा केन्द्रबाट माधुरी चाैधरी र शान्तिपुर सेवा केन्द्रबाट खिरमाली खड्कालाई गोलाप्रथाद्वारा विजेता घोषणा गरि नगद ३/३ सय रूपैया पुरस्कार प्रदान गरिएको थियो ।

मोबाइल बैंकिङबाट अब सहज तरिकाले बचत तथा ऋण भुक्तानी, खानेपानी, बिजुली भुक्तानी तथा इन्टरनेट रिचार्ज गर्न सकिने बताइएको छ । सर्वहित बचत तथा ऋण सहकारी संस्थाका निर्वतमान अध्यक्ष राजेन्द्र थारू, समाजसेवी तथा बुद्धिजीवी शंकर गाैतम, हंशेश्वर प्राविका प्रअ बासुदेव ज्ञवाली, माैरीघाट बजार व्यवस्थापन समितिका अध्यक्ष बेगमबहादुर बस्नेत लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव बालाराम कुमालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे