LISTEN LIVE RADIO

गोरखा स्कुलका विद्यार्थीद्धारा राप्ती थारु सामुदायिक होमस्टे तथा संग्राहलयको अवलोकन



गोरखा स्कुलका विद्यार्थीद्धारा राप्ती थारु सामुदायिक होमस्टे तथा संग्राहलयको अवलोकन

भालुवाङ ४ माघ । गोरखा मोडेल सेकेन्डरी स्कुल लमही र गोरखा आइडियल स्कुल लालमटियाको कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरुले बुधवार राप्ती थारु सामुदायिक होमस्टे तथा थारु संस्कृति संग्राहलयको स्थलगत अध्ययन तथा अवलोकन गरेका छन् ।लुम्बिनी प्रदेशको राजधानी क्षेत्र दाङको राप्ती गाउँपालिका वडा नम्बर ६ बगरापुरमा रहेको राप्ती थारु सामुदायिक होमस्टे तथा थारु संग्राहलयको विद्यार्थीहरुले अध्ययन तथा अवलोकन गरेका हुन् । छात्र छात्राहरुको सामाजिक बिषयमा आधारित परियोजना कार्य अन्तरगतको थारु समुदायको महान् चाड माघी पर्वको उपलक्ष्यमा विद्यार्थीलाई थारुहरुको संस्कृति, भेषभुषा, नाचगान, खानपान र तिनीहरुको महत्वबारे स्थलगत अध्ययन अवलोकन गरिएको गोरखा आइडियल स्कुल लालमटियाका प्रधानाध्यापक बसन्त पुनले जानकारी दिएका छन् ।राप्ती थारु सामुदायिक होमस्टका अध्यक्ष प्रेमलाल चौधरीको अध्यक्षता तथा राप्ती गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य बलिराम चौधरीको प्रमुख आतिथ्यतामा एक औपचारिक कार्यक्रम समेत सम्पन्न भएको छ । कार्यक्रममा थारु समुदायको झुमरा नाच, लाठी नाच र बड्का नाच प्रस्तुत गरिएको थियो भने विद्यार्थी तथा शिक्षकहरुलाई थारु परिकारहरु समेत खुवाइएको थियो । कार्यक्रममा गोरखा आइडियल स्कुल लालमटियाका प्रधानाध्यापक बसन्त पुन र राप्ती प्रेस मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन राप्ती थारु सामुदायिक होमस्टका सचिव हरिचन्द्र चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे