LISTEN LIVE RADIO

लालमटिया महोत्सवमा रौनकता थपिदै, ज्योती मगर हेर्न बच्चा देखि बुढा सम्म



लालमटिया महोत्सवमा रौनकता थपिदै, ज्योती मगर हेर्न बच्चा देखि बुढा सम्म

भालुवाङ ३ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका–२, लालमटिया टुडिखेलमा जारी छैंठौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवमा चर्चित लोक दोहोरी गायिका ज्योती मगरलाई हेर्न बिहिवार गाउँ गाउँबाट के बच्चा के बुढा हजारौंको संख्यामा दर्शकको भिड रहेको थियो ।“कृषि उद्योग, व्यापार तथा पर्यटनको शान, राप्ती कृषि पर्यटन महोत्सव २०८० को अभियान” भन्ने मुल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा पुस २६ गते देखि माघ ८ गते सम्म लालमटिया टुडिखेलमा महोत्सव सञ्चालन गरिएको छ । महोत्सवमा बिहिवार पनि हजारौको संख्यामा दर्शकहरुको सहभागीता रहेको राप्ती उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बाबुराम थापाले बताएका छन् । महोत्सवमा गायिक ज्योती मगर आउने प्रचार भएपछि दाङ देउखुरी क्षेत्र सँगै छिमेकी जिल्लाबाट समेत दर्शक आएका थिए ।महोत्सवमा गायिका मगरले चोली भित्र जवानी, उहि मुलाको सिन्की उहि मुलाको चना, चोरी खान पल्केको यो ढाडे विरालो लगायतका थुप्रै गित गाउँदा युवा भन्दा बुढापाखाहरू रमाइरहेका देखिन्थे भने युवा र बच्चाहरूले हुटिङ र नृत्य गरेको देखिन्थ्यो । उत्ताउलो पारामा देखिएकी मगरलाई बुढापाखाले बाहिरी रूपमा मन नपराए पनि मेला महोत्सवमा भने निकै चासोको रूपमा हरेको देखिन्छ । पछिल्लो समय उनी निकै चर्चामा रहेकी छिन् । त्यस्तै गायिकाहरु संझना रणपाल, कृष्णा बस्नेतले आफ्ना विभिन्न गीत गाएर दर्शकहरुलाई भरपुर्ण मनोरन्जन दिएका थिए । भने कुशल कार्यक्रम सञ्चालिका तथा गायिका सर्मिला अर्यालले पनि बीच बीचमा आफ्ना सांगेतीक प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरञ्जन दिएकी थिइन् । त्यस्तै स्थानीय न्यू डान्स क्रियशनका कलाकारहरुले पनि आ–आफ्नो प्रस्तुती मार्फत दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएका थिए । यसैगरी महोत्सवमा माघ ५ गते गायिकाहरु रचना रिमाल, रितु कडेल, कृष्णा बस्नेत तथा कार्यक्रम सञ्चालिका शर्मिला अर्याल लगायतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।महोत्सव अवधिभर करिब ४ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने र ७ करोड बराबरको कारोवार हुने अनुमान रहेको महोत्सव संयोजक सुरज खड्काले जानकारी दिएका छन् । स्थानीय उत्पादित वस्तुहरुको बजारीकरण गर्नुको साथै उत्पादनमा बृद्धि गरी आर्थिक पक्ष सवल गराउने महोत्सवको उदेश्य रहेको छ । संघको भवन निर्माण तथा विपत व्यवस्थापन कोष बनाउने मुख्य लक्ष्य सहित महोत्सव सञ्चालन गर्न लागेको संयोजक खड्काले बताए । महोत्सवले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकका भित्र रहेका अपार सम्भावना रहेका र अवसरको खोजी रहेका पर्यटकीय क्षेत्रको विकास र प्रवद्धना थप टेवा पुग्ने आयोजकको दावी रहेको छ । महोत्सवमा यस क्षेत्रको पर्यटन तथा कृषि समेतको विकास र विस्तार गर्नका लागि स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला प्रर्दशनी, चर्के पिङ, बाल उद्यान रहेका छन् ।महोत्सव अवधीभर सर्वसाधारणका लागि प्रवेश शुल्क प्रति व्यक्ति ९० रुपैया, विद्यार्थीका लागि परिचय—पत्रका आधारमा ७० रुपैयाँ र जेष्ठ नागरिक तथा अपाङगतालाई परिचय—पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । महोत्सव अवधीभर न्यु डान्स क्रेशनको साथै ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको प्रस्तुती रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे