LISTEN LIVE RADIO

लमही महोत्सवको सम्पूर्ण तयारी पूरा : मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले उद्घाटन गर्ने



लमही महोत्सवको सम्पूर्ण तयारी पूरा : मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले उद्घाटन गर्ने

लमही ४ माघ । दोस्रो पर्यटन, उद्योग, कृषि तथा व्यापारीक महोत्सव २०८० को तयारी पूरा भएको छ ।

लमही र देउखुरीको मौलिकता तथा तथा सांस्कृतिक जगेर्ना र अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्धारा संचालित जैविक विविधता ग्रीन पार्कको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यले दोस्रो पर्यटन, उद्योग, कृषि तथा व्यापारीक महोत्सव २०८० शुक्रवार माघ ५ गतेदेखि माघ १७ गतेसम्म संचालन हुन थालेको महोत्सवको तयारी पूरा भएको हो । दिगो विकास सँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वर्षौ देखि लमहीमा महोत्सव हुँदै आएको छ ।

त्यसैको निरन्तरता स्वरुप यस वर्ष हुने महोत्सवको सबै तयारी पूरा भएको आयोजक चेम्बर अफ कमर्स लमहीका अध्यक्ष सितल भुसालले जानकारी दिए । विगतको उपलब्धी समिक्षा गर्दै भावी योजना तय गर्नेगरी महोत्सव आयोजना गरिएको उनले बताए । दोस्रो पर्यटन, उद्योग, कृषि तथा व्यापारीक महोत्सव २०८० महोत्सव विगतभन्दा अझ भव्य र प्रभावकारी बनाउने योजना छ, उनले भने,–। ‘सबै तयारी पूरा भइसकेको छ ।

सबैको ध्यान लमही महोत्सवमा केन्द्रित हुनेछ र पर्यटन प्रवद्र्धनको अभियानमा स्थानीय जुट्नेछन् भन्ने हाम्रो अपेक्षा छ ।’ दोस्रो पर्यटन, उद्योग, कृषि तथा व्यापारीक महोत्सव २०८० लमही नगरपालिका वडा नम्बर ५ अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्धारा संचालित जैविक विविधता ग्रिनपार्क लमहीमा आयोजकले जनाएको छ । दोस्रो पर्यटन, उद्योग, कृषि तथा व्यापारीक महोत्सव २०८० को उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गर्ने हुने भएको आयोजकले जनाएको छ । महोत्सवमा विभिन्न पार्टीको शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । महोत्सवमा देउखुरीसहित विभिन्न चारवटा स्थानिय तहका कृषि तथा पर्यटकीइ सामाग्री आउने भएको छ । उक्त सामाग्री ल्याएर जैविक विविधता ग्रिनपार्क सहित देउखुरी क्षेत्रका विभिन्न पर्यटकीय क्षेत्रको विकासका सम्भावना र चुनौतीबारे अन्तरक्रिया समेत गराइने आयोजकले जनाएको छ ।

महोत्सवमा स्थानीय थारु, ब्राम्हण, तामाङ, गुरुङ, सुनुवार, कुमाल सहितका जातीय समुदायको झाँकी र ख्यातिप्राप्त कलाकारको सांकृतिक प्रस्तुतिसमेत रहने छ । उक्त महोत्सवमा फेस्टिभल मुख्य आकर्षणका रुपमा रहेका छन् । त्यस्तै, शारिरीक सुगठन प्रतियोगिता, तस्बिर तथा चित्रकला प्रदर्शनी आयोजना हुने आयोजकले जनाएको छ । महोत्सवलाई हरेक दृष्टिकोणले भव्य तथा लमहीलाई माया गर्ने देश–विदेश जहाँसुकै रहेका सबैको आफ्नै साझा महोत्सव बनाउने आफ्नो पर्यत्न रहेको अध्यक्ष भुसालले बताए । महोत्सवमा दुइसय सयभन्दा बढी स्टलहरु रहेका छन् । उनका अनुसार देउखुरी क्षेत्रका विभिन्न कृषि उत्पादन सामाग्री, घरेलु उद्योगबाट उत्पादित समाग्रीहरु महोत्सवमा राखिने छ ।

महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्थरका कलाकारहरुको सहभागीता रहने र बाल उद्यान, पिङ, लगाएतका मनोरन्जनात्मक बस्तु राखिने छ । महोत्वस अवधिभर करिब तीनलाख भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको भनाइ छ । महोत्सवमा कृषि स्टललाई विशेष प्राथमिकता दिइएको छ । अपांग, जेष्ठ नागरिकको कार्ड भए निशुल्क, विद्यार्थीको हकमा ८० रूपैयाँ, प्रवेश शुल्क १ सय रूपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे