LISTEN LIVE RADIO

राप्ती गाउँपालिकाको पिपरीमा रहेको लक्ष्मी महिला सहकारीमा चोरी



राप्ती गाउँपालिकाको पिपरीमा रहेको लक्ष्मी महिला सहकारीमा चोरी

सिसहनियाँ १९ पुस । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको लक्ष्मी महिला विकास बचत तथा ऋण सहकारी संस्था लि. मा चोरी भएको छ ।

गएराति चोरले सो सहकारीको सटर र ढोकामा लगाएको ताल्चा फोडी नगद १ हजार १ सय रूपैयाँ चोरी गरेको छ । यद्यपी सहकारी भित्रका कम्प्युटर तथा जिन्सी सामाग्री भने चोरी नगरेको संस्थाकी अध्यक्ष कुशुम चाैधरीले जानकारी दिएकी छिन् ।

फुटकर सामान किन्न दराजमा राखेको नगद १ हजार १ सय रूपैयाँ दराजबाट चोरी गरेको अध्यक्ष चाैधरीले बताएकी छिन् । इलाका प्रहरी कार्यालय सिसहनियाँ र राप्ती गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरूङले सहकारीमा चोरी भएको बारे स्थलगत रूपमा निरिक्षण गरि चोरी गर्ने व्यक्तिको तत्काल खोजी गरिने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे