LISTEN LIVE RADIO

दाङमा ब्राउन सुगर सहित चारजना पक्राउ



दाङमा ब्राउन सुगर सहित चारजना पक्राउ

दाङ  २४ मंसिर । दाङमा लागु औसध ब्राउन सुगरसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका ५ घरभई घोराही १५ आदर्श टोलमा कोठा भाडामा बस्ने २० वर्षीया बिमला परियार, प्युठानको माण्डपी गाउँपालिका २ घरभई अहिले सोही ठाउँ बस्ने १८ वर्षीया प्रेमा परियार, घोराही १० का १८ वर्षीया सुनिता गिरी र घोराही १५ पर्वत टोलका १८ वर्षीय सुशान्त खनाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् डीएसपी जनक बहादुर मल्लले जानकारी दिएका छन् ।

स्थानिय कमल भट्राईको घरमा डेरा गरी बस्दै आएका उनीहरुले लागुऔसधको कारोबार गरिरहेको भन्ने गोप्य सूचनाकोे आधारमा खटिएको प्रहरी टोली उनीहरुलाई दुई ग्राम दुईसय ४० मिलिग्राम लागुऔसध ब्राउन सुगर र १९ हजार ७५ रुपैयाँ नगदसहित गएराती साढे ९ बजेको समयमा पक्राउ गरेको डीएसपी मल्लले बताए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे