LISTEN LIVE RADIO

अपाङ्गता भएका नागरिकका समस्या समाधानका विषयमा छलफल



अपाङ्गता भएका नागरिकका समस्या समाधानका विषयमा छलफल

भालुवाङ २४ मंसिर । राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशले आइतवार इलाका प्रहरी कार्यालय भालुवाङमा सामुदायिक प्रहरी साझेदारी सँगको छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

प्रहरी निरिक्षक उज्जवल सिंहको अध्यक्षतामा भएको छलफल कार्यक्रमका सहभागीहरुले सार्वजनिक यातायातका साधानमा अपाङ्गता भएका नागरिकहरुले सास्ती भोग्नु परेको बताएका छन् । सार्वजनिक गाडीले अपाङ्गता भएका नागरिकलाई नचढाउने, चढाई हाले पनि गाडीभाडा छुट गर्न मन नगर्ने र अपाङ्ग सिटमा सहज तरिकाले बस्न नपाउने जस्ता समस्या दर्शाएका थिए । त्यस्तै सहभागीहरुले सरकारी तथा गैरसरकारी कार्यालयमा दोभासेको व्यवस्था नहुँदा बहिराहरुले सेवा लिनबाट बञ्चित हुनु परेको, अपाङ्गमैत्री संरचना नहुँदा समेत सेवा लिन समस्या हुने गरेको बताएका छन् । त्यसै गरि उनीहरुले अपाङ्गता भएका नागरिकहरु यौन दुव्र्यवहारको सिकार हुनु परेको तथा अवैध तथा अनैतिक क्रियाकलापमा अरुका कारण फस्नु परेको बताएका छन् ।

कार्यक्रममा उठेका सवाल तथा समस्याका विषयमा सरोकारवाहरु सँग बसेर समस्या समाधानका लागि पहल गर्न स्थानीय सरकार तथा प्रहरी सँग माग गर्ने निश्कर्ष निकालिएको छ । त्यस्तै कार्यक्रममा प्रहरी निरिक्षक सिंहले आफ्नो कार्यालयबाट अपाङ्गता भएका नागरिकहरुलाई दिने सेवा सुविधाका विषयमा समेत जानकारी गराएका थिए । कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर १ का वडा सदस्य चुमानसिंह खत्री, राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष सुरज खड्का, त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका दानबहादुर सुनार, वरिष्ठ प्रहरी नायव निरिक्षक लिलबहादुर कुवर, अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङका प्रमुख नवीन अधिकारी, प्रहरी नायव निरिक्षक गगन सिंह, रेडक्रसकर्मी उत्तम अधिकारी, पत्रकारहरु महेश रिजाल, ओमप्रकाश गुप्ता, सन्तोषकुमार गुप्ता, मोतीराम भट्टराई, जमिर शाह, महिला नेत्री लक्ष्मी गिरी, विन्दु बस्नेत, बासुदेव पण्डित, प्रहरी हवल्दार हरिबहादुर विसी लगायतकाले आ–आफ्नो विचार तथा समस्या गुनासा राखेका थिए । कार्यक्रमको सहजीकरण राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका प्रदेश व्यवस्थापक धिरेन्द्र विके, प्रदेश जनवकालत अधिकृत सरोजा भण्डारी र लेखापाल महानन्द पोख्रेलले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे