LISTEN LIVE RADIO

भालुवाङ सशस्त्र प्रहरीद्वारा ४० हजार बराबरको अबैध पटाका बरामद गरि नष्ट



भालुवाङ सशस्त्र प्रहरीद्वारा ४० हजार बराबरको अबैध पटाका बरामद गरि नष्ट

भालुवाङ ७ मंसिर । सशस्त्र प्रहरी बल २९ नम्बर हेट क्वाटर ज्वालामाई गण भालुवाङ्ले ४० हजार मुल्य बराबरको अबैध पटाका बरामद गरि आज नष्ट गरेको छ ।

गणपति गाेपालप्रसाद श्रेष्ठकाे कमान्डरमा उक्त पटाका नष्ट गरिएको हाे । साे पटका आई. आर. टि कालाकाटेले राजमार्गमा गस्ती गर्ने क्रममा बेबारिसे अबस्थामा सो पटाका फेला पारेको थियो। उक्त पटाकालाई इलाका प्रहरी कार्यालय भालुवाङका प्रतिनिधि, राप्ती उद्योग बाणिज्य संघ भालुवाङका प्रतिनिधि र सञ्चारकर्मीहरुकाे राेहबरमा नष्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे