LISTEN LIVE RADIO

सचिवहरुलाई मुख्यमन्त्री चौधरीको निर्देशन, सेवा प्रवाहलाई छिटो छरितो बनाउन बनाउनोस्



सचिवहरुलाई मुख्यमन्त्री चौधरीको निर्देशन, सेवा प्रवाहलाई छिटो छरितो बनाउन बनाउनोस्

भालुवाङ ७ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारका सचिवहरुलाई सेवा प्रवाहलाई छिटो छरितो गर्न निर्देशन दिएका छन् । विहीवार मुख्यमन्त्री कार्यालयमा भएको सचिवहरुको बैठकमा मुख्यमन्त्री चौधरीले सचिवहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री चौधरीले मन्त्रालय र मन्त्रालयक मातहको कार्यालयहरुको सेवा प्रवाह प्रभावकारी बनाउन र छिटो छरितो बनाउन आबश्यक रहेको भन्दै सोहि अनुसार गर्न निर्देशन दिए । जिम्मेवारी पूणर्रुपमा निर्वाह गरौ सेवाग्राहीको सेवा र योजना कार्यान्वयनमा गम्भीर बनौ, मुख्यमन्त्री चौधरीले भने, काम छिटो छरितो गरौ र उपलब्धी बढाउ । उहाँले कार्यसम्पादनलाई प्रभावकारी बनाइ उपलब्धी बढाउन समेत आग्रह गरे ।

मुख्यमन्त्री चाैधरीले अहिले प्रदेश सरकारको कार्य सम्पादन र उपलब्धी भने अनुसार राम्रो हुन सकेको छैन, अब त्यो अवस्था आउन दिनु हुदैन, उनले भने, सरकारको कामको गति सुस्त भयो, उपलब्धी बढाउ, भएको प्रगति सार्वजनिक गरौ । चालु आर्थिक वर्षको अहिले सम्मको प्रगति, उपलब्धी र खर्च सन्तोषजनक नदेखिएको भन्दै मुख्यमन्त्री चौधरीले यसलाई गम्भीर रुपमा लिन आग्रह गरे ।

मुख्यमन्त्री चौधरीले अनावश्यक योजनाहरु भन्दा पनि आबश्यक योजनाहरु कार्यान्वयनमा चासो दिन समेत आग्रह गरे । उनले मन्त्रालयको लक्ष र उदेश्यमा रहेर नीति निर्माण गर्न र सोहि अनुसार काम गर्न समेत आग्रह गरे । उनले त्यहि अनुसार नीति बनाउन र स्रोत परिचालन गर्न समेत आग्रह गरे । त्यसैगरी योजना कार्यान्वयनका लागि अन्तर मन्त्रालय समन्वय समेत बढाउन निर्देशन दिए ।

बैठकमा प्रमुख सचिव राधिका अर्यालले मुख्यमन्त्री ज्यूको निर्देशन कार्यान्वयन गर्न मन्त्रालयको कार्यासम्पादन बढाउन आग्रह गरे । उनले अबको समय पूर्णरुपमा कार्यान्वयनको भएको हुँदा त्यसमा दत्तचित्त हुन आग्रह गरे । मन्त्रालयका सचिवहरुले मन्त्रालयले योजना र बजेट कायौन्वयनका लागि नीति विधि हरु बनीसकोकोले अव काममा लाग्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे