मापदण्ड विपरित सन्चालनमा रहेका दाङका दश वटा बालुवा प्रशोधन उद्योग बन्द



मापदण्ड विपरित सन्चालनमा रहेका दाङका दश वटा बालुवा प्रशोधन उद्योग बन्द

दाङ २४ मंसिर । मापदण्ड विपरित सन्चालनमा रहेका दाङका दश वटा बालुवा प्रशोधन उद्योग बन्द भएका छन् । जिल्लामा अनुगमन गर्दा बालुवा प्रशोधनको अनुमति लिएर क्रसर उद्योग सन्चालन गरेको पाईएको थियो । अनुगमन पश्चात प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले मापदण्ड विपरित सन्चालनमा रहेका उद्योगलाई १५ दिन भित्र बन्द गर्न निर्देशन दिएका थिए ।

जिल्ला अनुगमन समितिले गत कात्तिक अन्तिम सातामा देखी मंसीर पहिलो साता सम्म अनुगमन गरी गत मंसीर छ गते पत्रकार सम्मेलन गदै ती उद्योगलाई बन्द गर्न निर्देशन दिईएको थियो । सोहि अनुसार उनीहरुले उद्योग बन्द गरेको आफुलाई जानकारी आएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिएका छन् ।

बालुवा उद्योगहरुले आफुलाई सम्पर्क गरी बन्द गरेको जानकारी गराएको र अब बन्द भएका छन् की छैनन् भनेर बास्तविक पत्ता लगाउन अनुगमन गर्न बाँकी रहेको उनले बताएका छन् । मापदण्ड विपरित सन्चालित तुलसीपुर क्षेत्रमा रहेको स्वर्गद्वारी स्क्रिन प्लान्ट प्रालि, जनविश्वास बालुवा वासिङ उद्योग, गणेश बालुवा वासिङ उद्योग, के एण्ड एस बालुवा प्रशोधन वासिङ उद्योग, मंगलम् बालुवा प्रशोधन उद्योग बन्द भएका छन् ।

यस्तैगरी लमही क्षेत्रको पाण्डवेश्वर बालुवा वासिङ उद्योग, बगारवावा बालुवा प्रशोधन उद्योग, सतवरिया क्षेत्रमा रहेको जय बागेश्वरी बालुवा प्रशोधन उद्योग, गढवामा रहेको दाङ एग्रिगेट बालुवा वासिङ उद्योग र पूर्णागिरी एग्रिगेट बालुवा वासिङ उद्योग पनि बन्द भएका छन् ।

ती सवै उद्योग सन्चालकहरुले उद्योग बन्द गरेर मेसनरी सामानहरु व्यवस्थापन भईरहेको स्थानिय प्रशासनलाई जानकारी गराएका छन् । प्रमुख जिल्ला अधिकारी आचार्यले जिल्लामा १२ वटा क्रसर उद्योग दर्ता भएकोमा १० वटा सञ्चालनमा रहेका छन् भने ती बैधानीक ढंगले चलेको पाईएको बताए ।

यस्तै जिल्लाका ३२ वटा बालुवा प्रशोधन उद्योगका नाममा दर्ता भएकोमा ६ वटा बन्द भएको प्रजिअ आचार्यले पत्रकार सम्मेलनमा जानकारी दिए । बाँकी २६ वटा सञ्चालनमा रहेकोमा १० वटाले मापदण्ड विपरित क्रसर उद्योगमा नाममा चलाएको पाईए पछि बन्द गर्न निर्देशन दिईएको थियो ।

गृह मन्त्रालयले गएको कार्तिक २५ गते देशभरका जिल्ला प्रशासनलाई पत्राचार गदै क्रसर र बालुवा प्रसोधन उद्योगको अनगुमन गर्न भनेपछि जिल्लामा क्रसर उद्योगको अनुगमन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे