यातायात मजदुर संगठनका केन्द्रीय अध्यक्ष राई बिहिबार दाङ आउँदै



यातायात मजदुर संगठनका केन्द्रीय अध्यक्ष राई बिहिबार दाङ आउँदै

दाङ २४ मंसिर । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भिमज्वाला राई दाङ आउन लागेका छन् । संगठनको तुलसीपुर उपमहानगर कमिटिको दोस्रो अबिधेशनलाई समुद्घाटन गर्न  विहिवार(भोली) बिहान ८ बजे उनी दाङ आउन लागेको तुलसीपुर नगरकमिटिका अध्यक्ष केशवबहादुर भण्डारीले जानकारी दिएका छन् ।

केन्द्रिय अध्यक्ष राई सहित केन्द्रिय उपाध्यक्ष ध्यान बहादुर राई, महासचिव नवराज घिमिरे लगाएत प्रदेश कमिटिका पदाधिकारी पनि आउन लागेको अध्यक्ष भण्डारीले जानकारी दिएका छन् । तुलसीपुर नगर कमिटिको बर्तमान कार्यसमितिको कार्यअवधी सकिएको हुदा अधिवेशन हुन लागेको हो । अबिधेशनले अर्को कार्यकालका लागी फेरी कार्यसमिति चयन गर्नेछ । अध्यक्ष भण्डारीले उक्त अबिधेशनमा उपस्थितिका लागी सम्पुर्ण यातायात मजदुर, व्यवसायी,पत्रकार लगाएत सवैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे