LISTEN LIVE RADIO

लोक सेवा आयोगद्धारा ५ सय १३ जना अधिकृत पदका लागि आवेदन खुल्ला



लोक सेवा आयोगद्धारा ५ सय १३ जना अधिकृत पदका लागि आवेदन खुल्ला

काठमाडौं २४ मंसिर । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरहका ५ सय १३ पदमा विज्ञापन खुलाएको छ । यसमध्ये १ सय ५३ जना जेष्ठताको आधारमा बढुवामार्फत् पदपूर्ति गरिने छ । बाँकी पदहरुमा भने खुला तथा सामावेशीको आधारमा पदपूर्ति हुने लोक सेवा आयोगले जनाएको छ ।

सामान्य प्रशासन मन्त्रालयले रिक्त पदको विवरण संकलन गरी पदपूर्तिका लागि लोक सेवा आयोगलाई आग्रह गर्दछ । मन्त्रालयको विवरणअनुसार लोक सेवा आयोगले परीक्षा सन्चालन गरी पदपूर्तिका लागि सिफारिस गर्दछ । लोक सेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार सामान्य प्रशासन समूहमा खुलातर्फ ४४ अधिकृत पदमा विज्ञापन खुला भएको छ । यसैगरी राजश्वमा ४१, लेखामा ३४, लेखा परीक्षणमा १२ र परराष्ट्र सेवामा १ पदमा खुलातर्फ विज्ञापन खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे