राप्तीमा पक्राउ परेको ट्याक्टरलाई जरिवाना गरि छाेडियाे



राप्तीमा पक्राउ परेको ट्याक्टरलाई जरिवाना गरि छाेडियाे
भालुवाङ २५ कार्तिक ।  राप्ती नदिबाट अवैध रुपमा बालुवा निकाल्दै गरेको अवस्थामा शनिबार दिउँसो पक्राउ परेको ट्याक्टरलाई जरिवाना गरि छाेडिएकाे छ।
पक्राउ परेकाे ट्याक्टर धनीले राप्ती गाउँपालिकाे कार्यालयमा २० हजार रुपैयाँ जरिवाना तिरेपछि ट्याक्टर छाेडिएकाे हाे। त्यस्तै गाउँपालिकाले ट्याक्टर धनीलाई आगामी दिनमा यस प्रकारका कुनै पनि कार्य नगर्न सचेत समेत गराएको छ। लु ३ त ५९१८ नम्बरको ट्याक्टर शनिबार दिउँसो राप्ती गाउँपालिका वडा नं.७ भानपुर घाट नजिकै राप्ती नदिबाट अवैध रुपमा बालुवा निकाल्दै गरेको अवस्थामा गाउँपालिकाकाे टाेलीले पक्राउ गरि प्रहरीलाई बुझाएको थियो ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे