आजको मौसम सफा रहने, हिजोको जस्तो धुम्मिने सम्भावना



आजको मौसम सफा रहने, हिजोको जस्तो धुम्मिने सम्भावना

काठमाण्डौ ५५ कार्तिक । आज देशका सबैजसो ठाउँको मौसम सफा रहने मौसमविद्ले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज धेरै ठाउँमा घाम लाग्ने छ । केही ठाउँमा मौसम आंशिक बदली भए पनि खासै पानी पर्ने सम्भावना छैन । हिजो दिउँसो मौसम बदली भइ काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा हल्का वर्षा भएको थियो ।

हिजो भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा पनि वर्षा भएको थियो । आज भने त्यस क्षेत्रमा पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद् मानन्धरले जानकारी दिए । घाम लाग्दा दिउँसो केही राहत मिल्ने भए पनि बिहान र रातिको चिसोले प्रभावितहरु मारमा पर्न थालेका छन् ।

चिसो बढिरहेकाले उनीहरुको सुरक्षामा ध्यान दिन मौसमविद्ले सुझाव समेत दिएका छन् । यसैबीच, आज काठमाण्डौको न्यूनतम तापक्रम एक डिग्री सेल्सियसले घटेको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो १० डिग्री सेल्सियस थियो । अन्य ठाउँको पनि न्यूनतम तापक्रम घटिरहेको मौसमविद्ले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे