दाङमा भरुवा बन्दुकले ज्यान मारेको अभियोगमा १ जना पक्राउ



दाङमा भरुवा बन्दुकले ज्यान मारेको अभियोगमा १ जना पक्राउ

दाङ २५ कार्तिक । दाङमा भरुवा बन्दुकले ज्यान मारेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर ५ बरलाबोट टोल बस्ने ५५ वर्षीया शेर बहादुर केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

अस्ति बिहीबार दिउँसो दाङको जनसेवा सामुदायिक वनमा मालुकाको पात टिप्न गएको बेला केसीले भरुवा बन्दुकले हानेर २८ वर्षीय जुगरू चौधरीको हत्या गरेका थिए । चौधरीको शव वनमा फेला परेपछि प्रहरी अनुसन्धानमा जुटेको थियो । घटनाको प्रारम्भिक अनुसन्धानमा केसीले भरुवा बन्दुकले गोली हानी चौधरीको हत्या गरी फरार रहेको खुलेपछि प्रहरीले केसीको खोजतलास गरेको हो।

खोजतलासको क्रममा आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले केसीलाई पक्राउ गरेको हो । केसीसँगै प्रहरीले एक थान भरुवा बन्दुक, एक सय ७८ थान छर्रा , एक सय ६६ ग्राम बारुद, सुतिको कपडाको टुक्रा ५ थान बरामद गरेको थियो । केसी माथि हातहतियार खरखजाना तथा कर्तव्य ज्यान सम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे