LISTEN LIVE RADIO

दाङकाे राप्ती गाउँपालिका सहित ४ पालिकामा प्लाष्टिककाे फूलमाला बिक्री वितरणमा रोक



दाङकाे राप्ती गाउँपालिका सहित ४ पालिकामा प्लाष्टिककाे फूलमाला बिक्री वितरणमा रोक

भालुवाङ १५ कार्तिक । दाङकाे राप्ती गाउँपालिका सहित ४ वटा पालिकाले प्लाष्टिकका फूलमालाको बिक्री वितरणमा प्रतिबन्ध लगाएका छन् ।

राप्ती गाउँपालिका सँगै तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र गढवा गाउँपालिकाले  प्लाष्टिकका फूलमाला बिक्रीमा रोक लगाएका हुन् । तिहार नजिकिँदै गर्दा स्थानीयस्तरमा उत्पादन भएका फूलको बिक्रीमा सहजताका लागि ४ वटै पालिकाले प्लाष्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध लगाएका हुन् । चार वटै पालिकाले तिहारको समयमा प्लास्टिकका फूलमाला प्रयोग नगर्न आग्रह गरेका छन्।

मंगलवार राप्ती गाउँपालिकाले प्लाष्टिकका माला प्रयोग नगर्न अपिल जारी गरेको हो । राप्तीले प्राकृतिक फूलको बजारीकरणमा सहजताका लागि पालिका भित्र फूल खेती गरेका किसानको नाम, ठेगाना र सम्पर्क फोन नम्बर पनि सार्वजनिक गरेको छ। यस अघि तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र गढवा गाउँपालिकाले प्लाष्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध लगाइसकेका छन् ।  यसले गर्दा अघिल्ला वर्षहरूमा जस्तो प्लाष्टिकका फूलमाला बजारमा देखिएका छैनन् । स्थानीय सरकारको यो व्यवस्थाले फूल खेती गर्दै आएका किसान खुसी भएका छन् । दाङमा यसवर्ष करिब २२ बिघा क्षेत्रफलमा फूल खेती गरिएको छ । प्लाष्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध लगाएपछि उत्पादित फूलले बजार पाउने आशामा रहेको फूल खेती गरेका किसानहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे