LISTEN LIVE RADIO

बबई गाउँपालिकाकाे हंसपुरमा पहिलो पटक बबई कप टि २० क्रिकेट प्रतियोगिता हुने



बबई गाउँपालिकाकाे हंसपुरमा पहिलो पटक बबई कप टि २० क्रिकेट प्रतियोगिता हुने

दाङ १५ कार्तिक । दाङको बबई गाउँपालिकामा बबई कप टि २० क्रीकेट प्रतियोगिता २०८० हुने भएको छ ।

जिल्ला क्रिकेट संघ दाङको वार्षिक क्यालेन्डर अनुसार पुरनधारा क्रिकेट क्लबको आयोजनामा दाङको पश्चिम् बबई गाउँपालिका वडा नं ३ हंसपुरमा रहेको हंसपुर क्रिकेट मैदानमा यहि कार्तिक १८ गते देखि २२ गतेसम्मा बबई कप टि २० क्रिकेट प्रतियोगिता संचालन हुन लागेको छ । कुल ६ टिमको सहभागीता रहने उक्त प्रतियोगितामा टिमहरुलाई २ समुहमा विभाजन गरेर लिग खेल खेलाईने क्लबका अध्यक्ष तथा खेल संयोजक बाल कृष्ण खत्रीले जानकारी दिए । प्रत्येक टिममा २ जना अन्डर १६ का खेलाडी अनिवार्य समावेश गर्नुपर्ने र ३ जना जिल्ला बाहिरका खेलाडीलाई समावेश गर्न सकिने खत्रीले बताए ।

खेलाडीहरुलाई क्रिकेटमा ब्यस्त राख्न तथा नयाँ खेलाडीहरुको खोजीमा तथा पुराना खेलाडीहरुलाई निखार्न जिल्लाको क्यालेन्डर अनुसार कार्यक्रम गर्न लागेको उनले बताए । प्रत्येक ग्रुपबाट उत्कृष्ट खेल खेल्ने २-२ टोलि सेमिफाइनलमा प्रवेश गर्ने छन् । ग्रुप ए को बिजेताले ग्रुप बि को उपविजेता सङ र ग्रुप बि को बिजेताले ग्रुप ए को उपबिजेता सङ सेमिफाइनल खेल्नेछन् । प्रतियोगिताको बिजेताले नगद रु पचास हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उपबिजेताले नगद २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ८ हजार, बेस्ट बलर र बेस्ट ब्याट्सम्यानले समान नगद ५-५ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १५ सय रुपैयाँ प्राप्त गर्नेछन् । सहभागी ६ टोलि यस प्रकार रहेका छन: पुरनधारा क्रीकेट क्लव बबई, श्री त्रिशिदेश्वरी स्पोर्ट्स क्लब तुल्सिपुर, घोराही क्रीकेट एकाडेमी घोराही, दाङ क्रिकेट लिग खेलेको टिम पुरनधारा च्यालेन्जर्स, गुरुकुल क्रिकेट एकाडेमी घोराही र राप्ती गाउँपालिका क्रिकेट टिम रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे