देउखुरी उद्योग वाणिज्य संघले पायाे सर्वसम्मत नयाँ नेतृत्व : अध्यक्षमा कमलजंग सिंह ठकुरी



देउखुरी उद्योग वाणिज्य संघले पायाे सर्वसम्मत नयाँ नेतृत्व : अध्यक्षमा कमलजंग सिंह ठकुरी

लमही २२ भदाै । देउखुरी उद्योग वाणिज्य संघ लमहीको नयाँ नेतृत्व सर्वसम्मत चयन भएकाे छ ।

विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएपछि नयाँ नेतृत्व सर्वसम्मत चयन भएकाे हाे । जस अनुसार अध्यक्षमा कमलजंग सिंह ठकुरी, वाणिज्य उपाध्यक्षमा केशब घिमिरे, उद्योग उपाध्यक्षमा केशवराज पोख्रेल, महासचिवमा इश्वर प्रकाश श्रेष्ठ, सचिवमा गणेश घिमिरे, कोषाध्यक्षमा हरिबहादुर थापा सर्वसम्मत चयन भएको निर्वाचन संयोजक लिलाराम खनालले जानकारी दिएका छन् ।

त्यसै गरि खुल्ला सदस्यहरुमा अकबर अलि, भिष्मराज गैरे, शिवचन्द्र घिमिरे, उमाकान्त बोहरा र गोविन्द प्रसाद पुलामी सर्वसम्मत चयन भएका छन् । भने महिला सदस्यहरुमा शारदा सुवेदी र खुसविरन निसा सर्वसम्मत चयन भएको संयोजक खनालले बताएका छन् । स्वतन्त्र व्यवसायीहरुको प्यानल बनाएर मोहन वैद्य माओवादी पार्टीका कृष्ण प्रसाद घिमिरेले अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । घिमिरेले शुक्रबार उम्मेदवारी फिर्ता लिएपछी निर्वाचन कमिटीले ठकुरी सर्वसम्मत निर्वाचित भएको जानकारी दिएको छ ।

त्यसै गरि वाणिज्य उपाध्यक्ष पदका लागि नेकपा एमालेका केशव घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीका डिल्लीराज खनालको उम्मेदवारी परेको थियो । रास्वपाले १ जना सदस्य लिएर उपाध्यक्ष पदबाट उम्मेदवारी फिर्ता लिए पछि घिमिरे सर्वसम्मत निर्वाचित भएका हुन् । महासचिव पदका लागि नेपाली काङ्ग्रेसबाट दुई जनाको उम्मेदवारी परेको थियो । भर्खरै कार्यकाल सकाएका संघका अध्यक्ष खगेश्वर खनालको कार्यसमिति सचिव वसन्त कुमार भण्डारी र सदस्य इश्वर प्रकाश श्रेष्ठको दावी रहेको थियो ।

काङ्ग्रेसले निवर्तमान सचिव भण्डारीलाई फिर्ता बोलाएर श्रेष्ठलाई संघको महासचिव बनाएको छ । देउखुरी उद्योग वाणिज्य संघको दुई वर्षे कार्यकालका निर्वाचन हुने गर्दछ । काङ्ग्रेसबाट ८ जना, नेकपा एमालेबाट २ जना, नेकपा माओवादी केन्द्रबाट २ जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट १ जना, राष्ट्रिय जनमोर्चाबाट १ जना र एकीकृत समाजवादीबाट १ जना गरि पन्ध्र जना सर्वसम्मत निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे