लुम्बिनी प्रदेशसभामा निजामती विधेयक सर्वसम्मत पारित



लुम्बिनी प्रदेशसभामा निजामती विधेयक सर्वसम्मत पारित

भालुवाङ २२ भदाै । लुम्बिनी प्रदेश सभाले निजामति विद्येयक पारित गरेको छ । प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक शुक्रबार सर्वसम्मत रुपमा पारित गरेको छ ।

२५ औँ बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीबाट विधेयकमाथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिएको थियो । त्यसपछि सभामुख तुलाराम घर्तीले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेपछि प्रस्ताव सर्वसम्मत पारित भएको हो । शुक्रबार बसेको बैठकमा मुख्यमन्त्री चौधरीले जग्गा फुकुवामा प्रतिपक्ष दलले सहयोग गर्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे