दाङमा चोरी गरेको आरोपमा एक जना पक्राउ



दाङमा चोरी गरेको आरोपमा एक जना पक्राउ

दाङ १९ मंसिर । चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी मुद्धा चलाएको छ । घोराही २ बस्ने दुई जनाको साथबाट सुनको सिक्री दुई थान, मोवाएल चार थान, नगद दश हजार लुटपाट गरी फरार भएका घोराही १३ बस्ने २८ बर्षिय दिल बहादुर घर्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकोे छ ।

सोही घटनामा संलग्न भएका अर्का आरोपी सोहि ठाउँका गोले चौधरी फरार रहेको प्रहरीले बताएको छ । उनको खोजी कार्य भईरहेको छ । पक्राउ परेका घर्ति विरुद्ध डाँका चोरी सम्वन्धी मुद्धा दर्ता गरी आबश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । उनीहरुले गएको मंसीर १० गते घोराही १३ ज्यामिरे दह नजिकै दुई जनालाई धारिलो हतियार देखाई डरधम्की दिएर लुटपाट गरेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे