प्याब्सन दाङले बुझायाे केन्द्रीय प्याब्सनलाई छ बुँदे धारणा-पत्र



प्याब्सन दाङले बुझायाे केन्द्रीय प्याब्सनलाई छ बुँदे धारणा-पत्र

दाङ ११ भदाै । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङले केन्द्रीय प्याब्सनलाई ६ बुँदे धारणा पत्र बुझाएकाे छ । आज दाङकाे घाेराहीमा आयाेजित विशेष प्रअ भेला तथा अन्तरक्रिया कार्यक्रममा प्याब्सन दाङले केन्द्रीय प्याब्सनलाई धारणा पत्र बुझाएको हाे ।

धारणा पत्रमा संविधानले शिक्षामा निजी क्षेत्रको लगानी नियमन र व्यवस्थापन गरी सेवामुलक बनाउने संविधानको मर्म र भावना लोकतान्त्रिक, व्यावहारिक र न्यायपूर्ण संवैधानिक व्यवस्थाको सम्मान गर्न अपरिहार्य रहेकाले अब जारी हुने शिक्षा ऐनमा विद्यालयहरु कम्पनी ऐनको मातहतमा रही सञ्चालन हुने व्यवस्था गर्न अपिल गरिएकाे छ ।

नेपाल सरकारका विभिन्न निकायहरु (पाठ्यक्रम विकास केन्द्र तथा परीक्षा बाेर्ड लगायत) मा अपनत्वको अनुभुति दिलाउन निजी विद्यालयको छाता संगठनको प्रतिनिधिको प्रतिनिधित्व रहने गरी पहल केन्द्रीय प्याब्सनलाई धारणा व्यक्त गरिएको छ ।

त्यस्तै विद्यालयको संरचनागत अवस्था कम्पनी ऐनमा भएवमोजिम शिक्षक कर्मचारीहरुको व्यवस्थापन `श्रम ऐन बमोजिम नेपाल सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षा सम्बन्धी व्यवस्था समावेश गरी शिक्षक तथा कर्मचारीको नियुक्ति, पदपूर्ति, पारिश्रमिक र सेवा सर्त सम्बन्धी विनियम बनाई लागु गर्नुपर्ने’ कानुनी आधार तयार पार्ने पनि धारणा पत्रमा अनुराेध गरिएकाे छ ।

शिक्षा क्षेत्रमा राज्यले प्रदान गर्ने सवै तहका सवै प्रकारका छात्रवृत्तिमा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहभागिताको सुनिश्चितता गर्न पनि धारणा पत्रमा अनुराेध गरिएकाे छ । प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसीकाे अध्यक्षता तथा केन्द्रीय सल्लाहकार निर्मल उपाधयायकाे प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएकाे थियाे ।

कार्यक्रममा विशिष्ट अतिथि केन्द्रीय प्याब्सनका उपाध्यक्ष किशाेर गाैतम, दाङ प्याब्सनका बरिस्ठ सल्लाहकार नारायण प्रसाद अधिकारी, विनय कुमार मिश्र, तुलसीपुर नगर प्याब्सनका अध्यक्ष गिरीराज डाँगी लगायतले धारणा राखेका थिए । उपाध्यक्ष राजु यादवकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण सचिव आदिम केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे