सिसहनियाँ स्वास्थ्य चौकीबाट डिजिटल एक्सरे सेवा सुरू



सिसहनियाँ स्वास्थ्य चौकीबाट डिजिटल एक्सरे सेवा सुरू

सिसहनियाँ १० भदाै । दाङको राप्ती गाउँपालिका वडा नं. ५ मा रहेको सिसहनियाँ स्वास्थ्य चौकीबाट डिजिटल एक्सरे सेवा सुरु गरिएको छ ।

आइतवार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले डिजिटल एक्सरे सेवाको उद्घाटन गरेका छन् । एक्सरे सेवाको उद्घाटन गर्दै अध्यक्ष विष्टले नागरिकको स्वास्थ्य सेवा सर्व सुलभ पाउने अधिकार लाई संस्थागत गर्न सिसहनियाँ स्वास्थ्य चाैकीमा डिजिटल एक्सरे सेवा सुरु गरिएको बताएका छन् ।

अध्यक्ष विष्टले गाउँपालिकाको ९ वटै वडामा स्वास्थ्य संस्था स्थापना गरि सेवा सुरु गरिएको बताउदै नागरिकको स्वास्थ्य सुरक्षाको लागि गाउँपालिका लागि रहेको बताए । यस अघि स्वास्थ्य चाैकीमा उक्त एक्सरे सेवा नहुँदा बिरामीहरुलाई बाहिर जानुपर्ने बाध्यता रहेको थियो ।

भिडियो एक्सरे तथा ईसिजी सेवा भने उक्त स्वास्थ्य चाैकीमा केही वर्ष अगाडि देखि नै सञ्चालनमा रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिए । उता वडा नं.१ भालुवाङमा रहेको लालमटिया स्वास्थ्य चौकीबाट समेत साे सेवा सञ्चालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे